Skip This
लमजुङमा राष्ट्रिय परिचयपत्र वितरण सुरु
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 01 June, 2025
Invalid date format १२:o८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लमजुङमा राष्ट्रिय परिचयपत्र वितरण सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:o८:oo

जिल्ला प्रशासन कार्यालय लमजुङले तीन वर्षपछि राष्ट्रिय परिचयपत्र वितरण सुरु गरेको छ। ०७७ साउन १ गतेदेखि लमजुङमा राष्ट्रिय परिचयपत्रको फाराम भर्न थालिएकोे थियो।

जिल्ला प्रशासन कार्यालयले गत बुधबारबाट परिचयपत्र वितरण थालेको प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले बताए। लमजुङमा बेँसीसहर नगरपालिका– ८ का ज्येष्ठ नागरिक प्रेमलाल श्रेष्ठ र बालचन्द्र श्रेष्ठलाई परिचयपत्र हस्तान्तरण गरी परिचयपत्र वितरण सुरु गरिएको हो।

०७७ सालमा आवेदन दिएका दुई हजार चार सय ८७ जनाको परिचयपत्र बनेर आएको प्रजिअ अधिकारीले बताए। कार्यालयबाट परिचयपत्रका लागि आवेदन दिएका र परिचयपत्र तयार भइसकेका सेवाग्राहीको मोबाइलमा सन्देश पठाएर जानकारी दिने व्यवस्था मिलाइएको छ। यसका आधारमा सेवाग्राहीहरूले कार्यालयमा गएर परिचयपत्र लिन सक्नेछन्।

‘परिचयपत्र लिनका लागि सबन्धित व्यक्ति स्वयं विवरण संकलनका वेला कार्यालयबाट दिइएको विवरण प्रतिलिपि लिएर उपस्थित हुनुपर्नेछ,’ प्रजिअ अधिकारीले बताए। लमजुङ जिल्लाबाट ०८० साउन १० गतेसम्म एक लाख तीन सय ५१ जनाले राष्ट्रिय परिचयपत्रका लागि आवेदन दिएका छन्।

त्यस्तै, कार्यालयले विभिन्न पालिकामा गत माघ ४ गतेदेखि वैशाख मसान्तसम्म सञ्चालन गरेको घुम्ती अभियानका क्रममा ६० हजार चार सय ४६ जनाको आवेदन संकलन गरेको थियो।

विगतमा प्रशासन कार्यालयमा मात्र राष्ट्रिय परिचयपत्रका लागि विवरण भराउने गर्दा अभियानले गति लिन सकेको थिएन। अहिले उक्त अभियान जिल्ला प्रशासन कार्यालय र स्थानीय तहसम्म पुर्‍याएसँगै परिचयपत्रको विवरण संकलन गर्ने कामले गति लिएको छ।