१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
समाचार डिजिटल संस्करण

प्रमाण नष्ट गर्न धमाधम क्वार्टरमा रंगरोगन गर्दै दमकका प्रमुख प्रशासकीय अधिकृत

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार १o:३७:oo

नगरपालिकाले उपलब्ध गराएको क्वार्टरमै अनैतिक गतिविधि गर्ने दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरुप्रसाद निरौलाले प्रमाण नष्ट गर्न कोठाको रंगरोगन सुरु गरेका छन् । क्वार्टरमै एक महिलासँग अनैतिक गतिविधि गरेको भिडियो बाहिरिएपछि नयाँ पत्रिका दैनिकले समाचार प्रकाशन गरेको थियो । 

दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरुप्रसाद निरौला

उक्त समाचारपछि निरौलाले नगरपालिका परिसरमा रहेको क्वार्टरमा आइतबार बिहानैबाट रंगरोगन सुरु गरेका छन् । घटना बाहिरिएपछि छानबिन हुने डरले उनले प्रमाण नष्ट गर्नका लागि क्वार्टरस्थित बेडरुमको रंग परिवर्तन गरेका हुन् । 

प्रमुख प्रशासकीय अधिकृतको निर्देशनपछि प्रमाण नष्ट गर्न क्वार्टरमा धमाधम रंगरोगन गरिँदै ।

विगतमा रहेको हरियो रंग बदलेर उनले पहेँलो रंग लगाएका हुन् । उक्त कोठमा देखिएको एसीले भने ती महिलासँग अश्लील हर्कत गरेको कोठा नगरपालिकाकै क्वार्टर भएको पुष्टि हुन्छ । 

सार्वजनिक भएको भिडियोमा प्रमुख प्रशासकीय अधिकृतले एक महिलासँग मदिरा सेवन गर्दै अनैतिक क्रियाकलाप गरेको भिडियोमा देखिन्छ । महिलाले भिडियो टिकटकमार्फत लाइभ गरेकी थिइन् । 

मदिराले लठ्ठ भएका निरौलाले लाइभमै अनैतिक गतिविधि गरेको देख्न सकिन्छ । भिडियो देखिएको कोठा दमक नगरपालिकाले उपलब्ध गराएको निरौलाको सरकारी क्वार्टर हो । क्वार्टरबाटै अश्लील हर्कत बाहिरिएपछि उनको विरोध सुरु भएको छ । 

निरौलाले भने क्वार्टरमा नभई उक्त गतिविधि काठमाडौंको एक होटेलमा गरेको दाबी गर्दै आएका छन् । यद्यपि, क्वार्टरभित्र बेडरुमको रंग परिवर्तन संयोग मात्र भएको उनले बताए । ‘रंग परिवर्तन संयोग मात्र हो । अरू केही हाेइन । यो नियमित काम हो,’ उनले नयाँ पत्रिकासँग भने, ‘रुममा मुसा गएर हैरान भएको थियो । त्यही भएर रंगरोगन गरेका हौँ । यसलाई अन्यथा नलिनुहोला ।’

रंगरोगन गर्नुअघि प्रमुख प्रशासकीय अधिकृत डम्बरुप्रसाद निरौलाको क्वार्टर

यसबारे दमक नगरपालिकाका नगरप्रमुख रामकुमार थापाले यस विषयमा आफूलाई धेरै बोल्न नलगाउन भन्दै पन्छिए । मेयर थापाले कुरै नसुनी फोन काटेर सम्पर्क गर्न खोजेनन् । दमक नगरपालिकाका प्रवक्ता धर्मप्रसाद दाहालले क्वार्टरमा रंगरोगन गर्दै गरेको हल्ला सुन्नमा आएको र यसबारेमा सत्यतथ्य छानबिन गरेर दोषी देखिए कारबाही गरिने बताए । दमक नगरपालिकाले यसअघि प्रमुख प्रशासकीय अधिकृतको क्वार्टरमा रंगरोगन गर्ने कुनै पनि निर्णय नगरेको प्रवक्ता दाहालले जानकारी दिए । 

 

ad
ad