१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
२o८१ बैशाख १७ सोमबार o८:२९:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

दमकका प्रमुख प्रशासकीय अधिकृतको क्वार्टरमै अनैतिक गतिविधि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार o८:२९:oo

दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरुप्रसाद निरौलाले क्वार्टरमा अनैतिक गतिविधि गर्दै गरेको भिडियो बाहिरिएको छ । एक महिलासँग मदिरा सेवन गर्दै अनैतिक क्रियाकलाप गर्दै गरेको भिडियोमा देखिन्छ ।

महिलाले भिडियो टिकटकमार्फत लाइभ गरेकी थिइन् । मदिराले लठ्ठ भएका निरौलाले लाइभमै अनैतिक गतिविधि गरेको देख्न सकिन्छ । भिडियो देखिएको कोठा दमक नगरपालिकाले उपलब्ध गराएको निरौलाको सरकारी क्वार्टर हो । क्वार्टरमै अश्लील हर्कत गरेको बाहिरिएपछि उनको विरोध सुरु भएको छ ।

दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरुप्रसाद निरौला

प्रमुख प्रशासकीय अधिकृत निरौलाले भने यो भिडियो काठमाडौंको भएको दाबी गरे । ‘यो क्वार्टरमा होइन, काठमाडौंमा जन्मदिन मनाउँदाको भिडियो हो । धेरैजना ग्रुपमा हुँदाको भिडियो हो । कसरी बाहिरियो म अच्चमित छु,’ उनले भने, ‘काठमाडौंको होटलमा जन्मदिन मनाउँदाको भिडियो हो, क्वार्टरमा होइन । कसैले मेरो चरित्रहत्या गर्न खोजेको हो ।’ उनले क्वार्टरमा नभएको दाबी गरे पनि नयाँ पत्रिकालाई प्राप्त भिडियोअनुसार त्यो नगरपालिकाले उपलब्ध गराएको क्वार्टर नै भएको पुष्टि हुन्छ ।

दमक नगरपालिकाका प्रवक्ता धर्मप्रसाद दाहालले भिडियोमा देखिएका व्यक्ति नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निरौला भएको पुष्टि गरे । उनले छानबिन गरी प्रमाणित भए कारबाही गरिने बताए । ‘अहिले हेर्दा भिडियो बाहिर आएको देखिएको छ । छानबिन गर्छौं । प्रमाणित भए कारबाही गर्न नगरपालिका पछि पर्दैन,’ उनले भने, ‘भिडियोले दमक नगरपालिकाकै बदनाम भएको छ ।’

ad
ad