Skip This
बाघ संरक्षणमा चुनौती बढ्दै 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण १४ आइतबार
  • Monday, 17 June, 2024
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका कर्मचारी मनोज बोहराले क्यामेरामा कैद गरेको पाटेबाघ ।
मोहन विष्ट कञ्चनपुर
२o८o श्रावण १४ आइतबार o६:५७:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
समाचार प्रिन्ट संस्करण

बाघ संरक्षणमा चुनौती बढ्दै 

Read Time : > 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८o श्रावण १४ आइतबार o६:५७:oo

पछिल्ला वर्षमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघको संख्या वृद्धि भइरहे पनि संरक्षणमा चुनौती बढिरहेको सरोकारवालाहरूले बताएका छन् । विश्व बाघ दिवसको अवसरमा शनिबार शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले आयोजना गरेको अन्तत्र्रिmयामा संरक्षणकर्मीले बाघ संरक्षणमा चुनौती थपिएको बताएका हुन् ।

बाघ जैविक विविधताका लागि महत्वपूर्ण भएकाले सबैले आ–आफ्नो क्षेत्रबाट बाघ संरक्षणको भूमिका निर्वाहमा जोड दिए । तीन सय पाँच वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको निकुञ्जभित्र आरक्षपीडितका मानवीय बस्ती, राजमार्ग, खुला सीमा, पूर्वपश्चिम महेन्द्र राजमार्ग, दक्षिणमा हुलाकी राजमार्ग, उत्तरमा चुरेमा महाकाली सिँचाइ आयोजना तेस्रो चरणको नहर संरचना, चारैतिर मानवीय बस्ती, चोरी सिकारीका गैरकानुनी गतिविधिले उत्तर दक्षिणका वन्यजन्तुको ओहोरदोहोरमा बाधा उत्पन्न गराएको निकुञ्जले जनाएको छ । शुक्लाफाँटामा हाल बाघको संख्या ३६ पुगेको छ । सन् २००९ मा १० मात्रै बाघ रहेको निकुञ्जमा ०२२ सम्म आइपुग्दा बाघको संख्या ३६ पुगेको छ । 

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत मनोज ऐरले निकुञ्जमा बाघको संख्या वृद्धि भइरहेको बताए । ‘बाघका लागि चाहिने आवश्यक आहारा व्यवस्था भए पनि संरक्षणमा चुनौती थपिँदै गएका छन्,’ उनले भने । संख्या वृद्धि भए पनि वन्यजन्तु उद्धार सेन्टर नहुँदा झन् समस्या थपिरहेको उनको भनाइ छ । ‘हामीकहाँ वन्यजन्तु उद्धार सेन्टर छैन,’ उनले भने, ‘उद्धार सेन्टर नहुँदा कतै बाघ बिरामी, घाइते भए पनि उपचारदेखिका समस्या थपिनेछन् ।’ बस्तीमा बसे डागगनसमेत नभएको उनले बताए । अहिले पनि बाघको मनिटरका लागि १२ स्वचालित क्यामेरा विभिन्न स्थानमा राखिएका छन । 

राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रमुख लक्ष्मीराज जोशीले सुदूरपश्चिम प्रदेशमा १० वर्षमा २५ चितुवासहित बाघको उद्धार गरिएको बताए । ‘२५ वटा उद्धार गरिएकामध्ये १० मात्रै बाँचे, १५ बाँच्न सकेनन्,’ उनले भने, ‘यहाँ उद्धार तथा उपचार केन्द्र नहुँदा वन्यजन्तु संरक्षणमा चुनौती छ ।’ पछिल्लो पाँच महिनाको अवधिमा बाघको आक्रमणबाट कञ्चनपुरका दुई महिलाको मृत्यु भएको छ ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका निमित्त संरक्षण अधिकृत प्रमोदकुमार यादवले निकुञ्ज प्रशासनले आफ्नो स्रोतसाधन लगाएर वन र वन्यजन्तु संरक्षणका कार्यक्रम सञ्चालन गरेको बताए । ‘निकुञ्जमा घाँसदाउरादेखि काठ संरक्षणमा चुनौती थपिएको छ,’ उनले भने, ‘दण्ड जरिवानाबाटै गत वर्ष निकुञ्जले २८ लाख राजस्व संकलन गरेको छ भने पर्यटनबाट १६ लाख मात्रै राजस्व संकलन भएको छ, यो चिन्ताको विषय हो ।’ 

जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराले शुक्लाफाँटा निकुञ्ज राज्यको आम्दानीको स्रोत बन्ने बताए । ‘हाम्रो स्थायी आम्दानीको स्रोत नेपालको प्राकृतिक पर्यटन हो,’ उनले भने, ‘कुनैवेला राजामहाराजाले सिकारका लागि प्रयोग गरेको निकुञ्ज आज हामीले झेल्नुपरेको छ ।’  

ad
ad
ad
ad