१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
Invalid date format १७:५३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सरकारकै मिलेमतोमा सुन तस्करी : केपी ओली

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:५३:oo

नेकपा एमालेका अध्यक्ष केपी ओलीले मिलिजुली खानका लागि अहिलेको गठबन्धन सरकार बनेको आरोप लगाएका छन्। नेपालगन्जमा पार्टीले आयोजना गरेको लुम्बिनी प्रदेशस्तरीय दुईदिने प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिलेको सरकारबाट भ्रष्टाचार निवारणको कल्पना गर्न नसकिने जिकिर गरे।

ओलीले अहिलेको गठबन्धन सरकारलाई गन्तव्यविनाको यात्रीको संज्ञा दिए। ‘अहिलेको सरकारको न कुनै गन्तव्य छ, न त के काम गर्ने नीति र उद्देश्य छ,’ उनले भने, ‘यो सरकार मिलिजुली, बाँडीचुडी खानको लागि बनेको हो। यो सरकारबाट कुनै आशा गर्नुको कुनै अर्थ छैन।’

सरकारकै संलग्नतामा र संरक्षणमा सुन तस्करी भइरहेको बताउँदै उनले अन्तर्राष्ट्रिय एयरपोर्टबाट एक क्विन्टल सुन छिराउने चानचुने कुरा नभएको बताए। ‘बाहिरी देशबाट आएकालाई एयरपोर्टको अत्याधुनिक मेसिन र तालिम प्राप्त मान्छेले जाँच गरेपछि मात्र बाहिर आउन पाइन्छ। सर्वसाधारणले एउटा सियो छिराउन नसक्ने ठाउँबाट एकैसाथ एक क्विन्टल सुन छिर्नु सामान्य कुरा होइन। सरकारको संलग्नता र संरक्षणविना यो सम्भव हुने कुरै भएन,’ अध्यक्ष ओलीले भने, ‘सय केजी सुन भित्रिएको बारे जाँचबुझ गर्न उच्चस्तरीय जाँचबुझ समिति गठन गरेर स्तविक कुरा बाहिर ल्याउनुपर्छ। नत्र एमालेले सदन र सडक तताउनेछ।’

उनले एक क्विन्टल सुन भित्र्याउन सघाएको आरोप लगाउँदै गृहमन्त्रीले तत्काल राजीनामा दिएर अनुसन्धानलाई सघाउनुपर्ने बताए। उनले सुन भित्रिनुमा गृहमन्त्री मुख्य दोषी भएको आरोप लगाए।