१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण १० बुधबार
  • Sunday, 11 May, 2025
२o८o श्रावण १० बुधबार १७:१५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पारिश्रमिकबाट २२ जनालाई प्राविधिक शिक्षा पढाउने उपमेयरको घोषणा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o श्रावण १० बुधबार १७:१५:oo

बैतडीको दशरथचन्द नगरपालिकाकी उपमेयर कौशिला चन्दले आफ्नो पारिश्रमिकबाट २२ जना गरिब तथा जेहेनदार छात्रा-छात्रलाई प्राविधिक शिक्षा पढ्न सहयोग गर्ने बताएकी छिन्।

नगरपालिकाबाट मासिक रूपमा प्राप्त हुने रकम जम्मा गरेर पालिकाभित्रका २२ जना छात्रा/ छात्रहरूलाई वार्षिक ५० हजारका दरले सहयोग गर्ने बताएकी हुन्।

दशरथचन्द नगरपालिकाको उपमेयरमा निर्वाचित भएको एक वर्षमा आफूले प्राप्त गरेको पारिश्रमिकबाट प्राविधिक शिक्षा पढ्न चाहने दलित र विपन्न वर्गका विद्यार्थीलाई सहयोग गर्ने उनले बताइन्। 

‘नगरभित्रका १० जना छात्र र १२ जना छात्रालाई वार्षिक ५० हजार सहयोग गर्नेछु’ बुधबार आफ्नै निवासमा पत्रकार सम्मेलनको आयोजना गर्दै उपमेयर चन्दले भनिन्, ‘पाँच वर्षसम्म प्राप्त हुने सम्पूर्ण रकम न्यून आय भएका दलित, विपन्न वर्गका विद्यार्थीको शिक्षाका लागि खर्च गर्ने सोचेकी छु।’ 

प्राविधिक शिक्षातर्फ ओभरसियर, कृषि तथा पशु प्राविधिक, स्टाफ नर्स, हेल्थ असिस्टेन्ट जस्ता विषय पढ्ने विद्यार्थीलाई उक्त रकम प्रदान गरिने उनले बताइन्। 

राजनीतिमा समाज सेवाका लागि आएको बताउँदै चन्दले मासिक परिश्रमिक र बैठक भत्तालाई उपमेयर कोष खडा गरेर शिक्षा क्षेत्रमा सहयोग गर्ने बताइन्। उपमेयर चन्दका श्रीमान् सुरेश चन्द यो क्षेत्रका अगुवा निर्माण व्यवसायी हुन्। उनले पाँच करोड खर्च गरेर निजी बाख्रा फार्मसमेत खोलेका छन्। 

आफूले सहयोग गरेर सिभिल ओभरसियर, कृषि तथा पशु प्राविधिक विषय पढेर आएकाहरूलाई रोजगारीसमेत दिने उपमेयर चन्दको भनाइ छ। उपमेयर चन्दले निर्वाचित भएपछि आफ्नै गाडी चढ्ने गरेकी छिन् भने कुनै पनि निजी सुविधा लिएकी छैनन्।