१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २o:४८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राष्ट्रिय आविष्कार केन्द्रलाई भीमसेन थापा स्मृति पुरस्कार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २o:४८:oo

यस वर्षको भीमसेन थापा स्मृति पुरस्कार महावीर पुन संस्थापक रहेको राष्ट्रिय आविष्कार केन्द्रलाई प्रदान गरिएको छ।

एक लाख रुपैयाँ राशिको उक्त पुरस्कार कार्यबाहक प्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले केन्द्रका संस्थापक महावीर पुनलाई हस्तान्तरण गरे। 

भीमसेन थापाको २४९औँ जन्मजयन्तीका अवसरमा भीमसेन थापा स्मृति प्रतिष्ठानले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा पुरस्कार हस्तान्तरण गरिएको हो। 

कार्यक्रममा कार्यबाहक प्रधानमन्त्री खड्काले देशका प्रतिभालाई बाहिर जान नदिने उद्देश्यप्रति सरकार प्रतिबद्ध रहेको बताए। उनले सरकार अनुसन्धान तथा विकास, नवप्रवर्तन तथा आविष्कारसम्बन्धी कामलाई एकीकृत रूपमा सञ्चालन गर्न आवश्यक कानुन संसदमा लैजाने तयारीमा रहेको पनि बताए। 
यस्तै, उनले यसअघि महावीर पुनसँग भएको सहमति कार्यान्वयनमा सरकार पूर्ण रूपमा प्रतिबद्ध भएको पनि जानकारी दिए। 

राष्ट्रिय विभूति थापाले राष्ट्रियता र भौगोलिक अखण्डताको रक्षा तथा सामाजिक रूपान्तरणका पक्षमा ठूलो गुन लगाउनुभएको भन्दै उनले भीमसेन थापा राष्ट्रभक्त, देशभक्त हुनुका साथै प्रेरणाका स्रोत भएको बताए। 

‘थापाले आफ्नो शासनकालमा सेना, कानुन, सामाजिक, आर्थिक पक्षमा अनुकरणीय सुधारका अभियान चलाउनुभएको थियो। सैनिक सेवालाई आधुनीकरण गर्नुभएको कार्य हाम्रा लागि प्रेरणाको स्रोत बनेको छ। उहाँले सुधारका अभियान थालनी गरेर मुलुकलाई ठूलो गुन लगाउनुभएको थियो,’ रक्षामन्त्रीसमेत रहेका खड्काले भने। 

तत्कालीन सामाजिक रूपान्तरणका लागि थापाले कमाराकमारी राख्न नपाउने व्यवस्थालाई स्थापित गरेको, सामाजिक चाडपर्वमा खर्चको सीमा तोक्ने काम गरेको, नापतौल व्यवस्थापन, ब्याजदर निर्धारण र हुलाकको व्यवस्थापन गरेको उनले चर्चा गरे।