१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ३ बिहीबार १६:३९:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

पानीमा डुबेर हुने घटना रोकथाम गर्न प्रभावकारी जनचेतना आवश्यक  

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १६:३९:oo

पानीमा डुबेर हुने मृत्युलगायतका घटना रोकथामका लागि स्थानीय तहदेखि नै जनचेतनामा जोड दिनुपर्नेमा विज्ञहरूले जोड दिएका  छन्।  

पानीमा डुब्नबाट रोकथामका लागि विश्व दिवसका सन्दर्भमा डुबेर हुने मृत्युको अवस्था एवं प्रभावकारी रोकथामका उपायहरूबारे छलफल गर्न आयोजित विपत् संवाद कार्यक्रममा उनीहरूले यस्तो धारणा राखेका हुन्। 

नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक डम्बरबहादुर विकले स्थानीय तहहरूले बजेटको सानो हिस्सा भए पनि छुट्याएर जनचेतनाको कार्यक्रमहरू गर्दा पानीमा डुबेर हुने मृत्युलगायतका घटनाहरू न्यूनीकरण गर्न मद्दत मिल्ने धारणा राखे। 

विश्व स्वास्थ्य संगठनको नेपाल कार्यालयका डा‍. केदार मरहट्टाले लुप्त तर धेरै नै मानवीय क्षति गर्ने समस्या भएकाले प्रभावकारी जनचेतना हुन सक्दा बालबालिकाको डुबेर हुने मृत्युलाई ८० प्रतिशतसम्म रोक्न सकिने बताए।

सशस्त्र प्रहरी बल, नेपालका प्रहरी नायव उपरीक्षक पुरुषोतम भण्डारीले सडक दुर्घटना बढेर नदीमा खस्ने र डुबेर मृत्यु हुने घटना पनि बढेको तथ्यांक राख्दै हाल देशका आठ स्थानमा उपकरणसहित गोताखोर जनशक्ति राखिएको जानकारी दिए।

युनिसेफका आपतकालीन विज्ञ सुनिता कायस्थले पानीबाट सुरक्षित हुने आधारभूत जानकारी हुँदा पनि बालबालिकालाई सुरक्षित राख्न सकिने बताइन् ।   
नेपाल रेडक्रस सोसाइटीको जनशक्ति विकास विभागका प्रमुख कृष्ण घिमिरेले पानीमा डुबेका व्यक्तिलाई जोगाउन प्राथमिक उपचारसम्बन्धी ज्ञान महत्वपूर्ण हुने उल्लेख गरे।

नेपाल पौडी संघका सचिव एवं राष्ट्रिय पौडी प्रशिक्षक ईश्वर कार्कीले पौडी खेल्ने सीप हासिल गर्दा पानीमा परिहाले पनि उत्रन सकिने धारणा राख्दै पौडिन सक्ने सीपको महत्वबारे सञ्चारमाध्यमले पनि प्रचारप्रसार गर्न मद्दत गर्नुपर्नेमा जोड दिए।

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव रुद्रसिंह तामाङले पानीमा डुबेर हुने मृत्युलगायतका घटना रोकथामका लागि सचेतना वृद्धिमा प्राधिकरणले काम गर्ने बताए।

नेपाल प्रहरीका अनुसार नेपालमा वार्षिक औसतमा तीन सय ९६ जना व्यक्तिको पानीमा डुबेर ज्यान जाने गरेको छ। ५३.७ प्रतिशत २५ वर्षमुनिको समूहमा हुने गरेको छ।

अधिकांश घटना पौडी खेल्ने क्रममा, नुहाउने क्रममा, खोला–नदी तर्ने क्रममा एवं आत्महत्याका कारण हुने गरेको छ। नेपालमा असारदेखि असोज महिनामा पानीमा डुबेर वा पानीजन्य विपतका कारण धेरैको ज्यान जाने गरेको छ।
 

ad
ad