१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २o:३२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

फौजदारी अभियोग लागेका नेता निलम्बित हुनुपर्छ भन्ने कांग्रेस महामन्त्री थापाको यस्तो छ लिखित प्रस्ताव

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २o:३२:oo

कांग्रेस महामन्त्री गगनकुमार थापाले पार्टीका कुनै नेतालाई फौजदारी अभियोग लागे निलम्बन गर्नुपर्ने प्रस्ताव लिखित रूपमै राखेका छन्। 

पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी सोमबारको केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्री थापाले यस्तो प्रस्ताव राखेका हुन्। उनले आफ्नो प्रस्तावलाई लिखित मतको रूपमा पार्टी बैठकमा दर्ज गर्न माग गरेका छन्। 

नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेसका प्रभावशाली नेता पूर्वउपप्रधानमन्त्री बालकृष्ण खाण अहिले पुर्पक्षका लागि थुनामा छन्। उनको पक्राउलाई लिएर केन्द्रीय कार्यसमिति बैठकमा केन्द्रीय सदस्यहरूले मत व्यक्त गरिरहेका छन्। 

यसअघि बोल्ने थुप्रै केन्द्रीय सदस्यले खाण पक्राउ पर्दा पार्टीले बचाउन नसकेको भन्दै निलम्बनको माग गर्ने महामन्त्री थापालगायतको आलोचना गरेका थिए। यसबीच थापाले बैठकमा सुशासन र भ्रष्टाचार नियन्त्रणका सन्दर्भमा कांग्रेसले स्पष्ट धारणा राख्नुपर्ने भन्दै लिखित मत जाहेर गरेका हुन्। 

विभिन्न १३ बुँदामा समेटिएको उनको सुशासनसम्बन्धी लिखित प्रस्तावमा भनिएको छ, ‘कुनै पनि व्यक्तिमाथि फौजदारी अभियोग लाग्छ भने स्वयंले पार्टीबाट अलग हुनुपर्छ, त्यस्तो अवस्था हुन्न भने पार्टीले निलम्बन गर्नुपर्छ।’