१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:३२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

राजनीतिक तहमै हुने भ्रष्टाचार नियन्त्रण गर्न निर्वाचन प्रणालीमा सुधार गरौँ : उपेन्द्र यादव

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:३२:oo

सत्तारूढ जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले निर्वाचन प्रणालीमा सुधार गर्नुपर्ने आवश्यकता औँल्याएका छन्। 

महँगो निर्वाचन प्रणालीले मुलुकमा राजनीतिक भ्रष्टाचारलाई प्रोत्साहन गरेकाले त्यसको सुधार तत्काल गर्नुपर्ने उनको भनाइ थियो। सोमबार काठमाडौंमा आयोजित ‘समाजवादी यात्राको चुनौती : भ्रष्टाचार र दण्डहीनता’ विषयक प्रवचन गोष्ठीमा बोल्दै उनले राजनीतिक तहमै हुने संस्थागत भ्रष्टाचार नै मुलुकमा समाजवादी व्यवस्था ल्याउनका लागि मुख्य बाधक रहेकोसमेत बताए। 

उनले भने, ‘चुनावमा हुने खर्च त्यो पनि त भ्रष्टाचार नै हो नि त । होइन र ? यो निर्वाचन प्रणालीलाई बदलौँ। अहिलेको निर्वाचन प्रणाली अत्यन्तै महँगो र खर्चिलो भयो । त्यसकारणले निर्वाचन प्रणाली र हाम्रोजस्तो अल्पविकसित मुलुकमा परिश्रम गर्दाखेरि उसले प्राप्त गर्ने जो ज्याला, मजदुरी वा तलब छ । त्यसले ऊ आफूलाई धान्न सक्दैन । के गरोस् त ? त्यहाँ पनि छ। भ्रष्टाचार संस्थागत हुँदै गएको छ। माथिदेखि तलसम्म, तलदेखि माथिसम्म भ्रष्टाचार संस्थागत भएको छ । समाजवादका लागि एउटा यो ठूलो बाधा छ।’

अध्यक्ष यादवले नेपालमा समाजवाद ल्याउने सपना देखेका कम्युनिस्ट पार्टीका नेताहरू नै नवधनाढ्य वर्गमा परिणत भएको दाबी गरे।