१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १५:५९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कोसीमा नयाँ सरकार गठनविरुद्धकाे रिट अब पूर्ण इजलासमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १५:५९:oo

कोसी प्रदेशको नयाँ सरकार गठनसम्बन्धी रिट अब पूर्ण इजलासमा गएको छ।

नयाँ सरकार गठन प्रक्रिया अवैधानिक रहेको भन्दै सर्वोच्च अदालतमा गत २२ असारमामा रिट दायर भएको थियो। कोसी एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले रिट दर्ता गराएका थिए।

उक्त रिटमा आज सुनुवाइ गर्दै सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठकाे संयुक्त इजलासले जटिल कानुनी प्रश्न समावेश रहेको भन्दै उक्त रिटलाई पूर्ण इजलासमा पठाउने आदेश दिएको हो। 

कांग्रेस संसदीय दलका नेता मुख्यमन्त्री उद्धव थापालाई चार दलको समर्थन थियो। तर, बहुमत पुर्‍याउन सभामुख बाबुराम गौतमको पनि हस्ताक्षर छ। रिटमा प्रदेश प्रमुख पर्शुराम खापुङ, मुख्यमन्त्री उद्धव थापा र प्रदेशका सभामुख बाबुराम गौतमलाई विपक्षी बनाइएको छ। रिटमा सभामुख पनि मतगणना गरिनु संविधानविपरीत भएको दाबी गरिएको छ।