१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण ८ सोमबार
  • Friday, 09 May, 2025
२o८o श्रावण ८ सोमबार १२:o३:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

महालक्ष्मी साहित्य पुरस्कारबाट गोविन्दराज भट्टराई सम्मानित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o श्रावण ८ सोमबार १२:o३:oo

महालक्ष्मी विकास बैंकको महालक्ष्मी साहित्य पुरस्कार–०७९ बाट साहित्यकार प्रा.डा. गोविन्दराज भट्टराई सम्मानित भएका छन् । बैंकको हेटौँडा शाखाले सिएसआर कार्यक्रमअन्तर्गत मातृभूमि साहित्य समाजसँग समन्वय गरेर वार्षिक रूपमा यस्तो सम्मान प्रदान गर्दै आइरहेको छ।

 बैंकको बागमती प्रदेश ‘ख’का प्रादेशिक प्रबन्धक शम्भुप्रसाद पराजुलीले ५१ हजार रुपैयाँ राशि र सम्मानपत्रसहितको उक्त पुरस्कार भट्टराईलाई हस्तान्तरण गरे । विभिन्न विधाहरूमा ६५ कृति प्रकाशन गरी नेपाली साहित्य क्षेत्रमा पुर्‍याएको योगदानको कदरस्वरूप बैंकले उनलाई उक्त पुरस्कारबाट सम्मान गरेको हो ।

बैंकले साहित्यिक पुरस्कार स्थापना गरेकोमा हर्ष व्यक्त गर्दै साहित्यकार भट्टराईले उपस्थित सम्पूर्णलाई जीवनमा कम्तीमा पनि एउटा कृति प्रकाशन गर्न अनुरोध गरे ।‘सबल बैंक, सफल सहकार्य’ नारालाई आत्मसात् गर्दै महालक्ष्मी विकास बैंकले विगत २९ वर्षदेखि सरल, सहज र गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।