
आर्थिक वर्ष ०८०/८१ मौद्रिक नीति सार्वजनिक भएको छ।
नीतिले आर्थिक वर्ष ०८०/८१ को बजेटले लक्षित गरेबमोजिम ६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न सहयोग पुग्ने गरी वित्तीय स्रोतलाई उत्पादनशील क्षेत्रमा प्रवाह गर्ने विषयलाई प्राथमिकतामा राखेकाे छ।
यस्तै, नीतिले चालू आर्थिक वर्षमा विस्तृत मुद्राप्रदाय १२.५ प्रतिशत र बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ जाने कर्जा ११.५ प्रतिशतसम्मले वृद्धि हुने प्रक्षेपण गरेको छ।