१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २३ आइतबार १३:२८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

स्मार्ट लाइसेन्सको समस्या चाँडै समाधान हुन्छ : मन्त्री ज्वाला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १३:२८:oo

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सवारीसाधन अनुमतिपत्र (स्मार्ट लाइसेन्स)को समस्या चाँडै समाधान गर्ने बताएका छन्।

आइतबार सार्वजनिक सवारीसाधनमा ड्रेस तथा परिचयपत्र वितरण र सरसफाइ अभियानको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । मन्त्री ज्वालाले स्मार्ट लाइसेन्सको समस्या चाँडै समाधान गर्ने र मार्ट लाइसेन्स कार्ड प्राप्त नहुँदासम्म अस्थायी कार्ड लागू गर्ने गरी सरकारले तयारी गरिरहेको बताए।

उनले भने, ‘लाइसेन्स स्मार्ट कार्डका बारेमा धेरै गुनासा छन् । हामी यो समस्यालाई छिटोभन्दा छिटो समाधान गर्ने र स्मार्ट लाइसेन्स कार्ड प्राप्त नहुँदासम्म अस्थायी कार्ड लागू गर्ने गरी हामीले तयारी गरेका छौँ । यसका लागि छलफल पनि गरेका छौँ ।’

मन्त्री ज्वालाले यातायात क्षेत्रलाई व्यवस्थित, भरपर्दो र यात्रुमैत्री बनाउन ११ बुँदे घोषणापत्र जारी गरिसकेको जानकारी दिए। उनले इम्बोस्ड नम्बर प्लेट जडान गर्ने कुरामा पनि बेवास्ता गर्नु नहुने बताए।

ad
ad