१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण ७ आइतबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o श्रावण ७ आइतबार १२:४१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

चुनावमा मलाई कसरी सिध्याउने भनेर पार्टीभित्रकै मान्छे लागे : विनोद चौधरी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o श्रावण ७ आइतबार १२:४१:oo

कांग्रेसका केन्द्रीय सदस्य विनोदकुमार चौधरीले गत प्रतिनिधिसभा निर्वाचनमा आफूलाई हराउनका लागि पार्टीभित्रकै मान्छे लागिपरेको बताएका छन्। 

आइतबार पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै नेता चौधरीले प्रतिनिधिसभा निर्वाचनमा आफूलाई हराउन पार्टीभित्रकै मान्छे लागिपरेका बताएका हुन्। 

उनले पार्टीको उम्मेदवारलाई जिताउन सबै एक ठाउँमा उभिएर सहयोग गर्नुका साटो कसरी सिध्याउने भनेर लागेका आरोप लगाए। विरोधीलाई जिताउ पार्टीभित्रकै मान्छे लागिपरेको भन्दै उनले आफूले प्रमाणसहित अनुशासन आयोगमा पेस गरेको दाबी गरे। 

आफ्नै उम्मेदवारलाई हराउन लाग्ने संस्कारको अन्त्य गर्न सकिएन भने आगमी दिनमा पार्टीलाई अझ असर पर्दै जाने उनको भनाइ थियो। उनले नयाँ राजनीतिक दलहरूले जस्तै पार्टीलाई प्रविधिमैत्री बनाउनुपर्ने र जनताको मुद्दाहरू उठाउनुपर्नेमा जोड दिए। 

उनले भने, ‘निर्वाचनको क्रममा टिकट पाउनेबित्तिकै समग्र पार्टी, पार्टीका स्थानीय नेतागण, विभिन्न टिकटका प्रत्याशी सबैले पार्टीको संरचना, पार्टीको संस्कार, पार्टीको चरित्रबमोजिम एक ठाउँमा उभिएलान्। सहयोग गर्लान् भन्नुको साटो कसरी अब यसलाई सिध्याउने हो भन्नेमा लागेको मेरो अनुभूति भयो । मलाई लाग्छ– धेरैले यस्तो अनुभूति गरेको हुनुपर्छ । खालि निर्वाचनमा हराउने मात्र होइन, विरोधीलाई कसरी जिताउने भन्नेसम्ममा लागेका प्रत्यक्ष प्रमाणहरू सार्वजनिक छन् । त्यसलाई पार्टीको अनुशासन निकायमा राखिएको छ।’