१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २२ शनिबार o८:५२:oo
Read Time : < 1 मिनेट
ad
ad
अन्तर्वार्ता प्रिन्ट संस्करण

राजनीतिक विश्लेषक गेजा शर्मा वाग्लेलाई तीन प्रश्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o८:५२:oo

कांग्रेस केन्द्रीय समिति बैठकलाई कसरी हेरिरहनुभएको छ ?
कांग्रेस लोकतन्त्रवादी पार्टी भए पनि लामो समयदेखि पारदर्शी नभएको, विधि र प्रक्रियासम्मत ढंगले नचलेको जस्ता टीकाटिप्पणी हुँदै आएका थिए । यसपटकको केन्द्रीय समिति बैठकलाई प्रत्यक्ष प्रसारण गराएर पार्टीलाई आमजनता, पार्टीका नेता तथा कार्यकर्तासामु पारदर्शी गराउने प्रयास भएको छ । यसलाई सकारात्मक नै मान्नुपर्छ । 

बैठक सभापति र महामन्त्री पक्षधरबीचको आरोप प्रत्यारोपमै अल्झिरहे जस्तो देखिन्छ नि ? 
लगभग एक वर्षदेखि पार्टीको बैठक बस्न सकेको थिएन । यसबीच राष्ट्रिय राजनीतिमा अनेकौँ आरोह, अवरोह देखिए । पार्टी गठबन्धन सरकारमा सामेल भएको छ । सुशासन, भ्रष्टाचार नियन्त्रण, डेलिभरीलगायत विषयमा पार्टी र सरकारमा गम्भीरता देखिएन । यस क्रममा पार्टीलाई विधिसम्मत ढंगमा चलाउन र पार्टीमा रूपान्तरणको आवाज उठाउँदै आएका महामन्त्रीविरुद्ध आरोप लगाउनमै केन्द्रीय सदस्यहरूले समय खर्चिरहनुभएको छ । यसबाट पार्टी रूपान्तरण प्रक्रिया थप लामो र जटिल हुने सम्भावना देखिन्छ । 

कांग्रेस बैठक मुद्दामा केन्द्रित हुने सम्भावना कति देख्नुहुन्छ ?
अहिलेसम्म यो बैठकमा राष्ट्रिय मुद्दामा निकै कम छलफल भएको देखिन्छ । सदस्यहरू एकअर्काविरुद्धको आरोप प्रत्यारोपबाटै तुष्टि लिइरहेका छन् । महामन्त्रीले प्रस्तुत गरेको प्रतिवेदनमा छलफल सुरु नै भएको छैन । गठबन्धन सरकारको ‘परफर्मेन्स’, डेलिभरी, भ्रष्टाचार नियन्त्रण, सुशासन जस्ता विषयमा उनीहरूको ध्यान पुगेकै छैन । तर, जनताले यिनै विषयमा कांग्रेस बैठकले के बोल्छ, के निर्णय गर्छ र भुइँ तहसम्म त्यसको के प्रभाव पर्छ भनेर नजिकबाट नियालिरहेका छन् । 

ad
ad