१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १२ शनिबार
  • Saturday, 25 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ १२ शनिबार o७:४७:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

जेलभित्रबाट अमरको बिलौना–भाषाको समस्याले अदालतमा आफ्ना कुरा सुनाउनै सकिनँ 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ १२ शनिबार o७:४७:oo

भारतको राजस्थानमा ड्राइभरको काम गर्थेँ । ट्रकमा मार्बल ओसारपसार गर्थेँ । त्यही क्रममा एक धनाढ्यसँग भेट भयो । उनी मलाई ‘राम्रो काम गर्छौ’ भन्दै स्याबासी दिने गर्थे । एक दिन उनले मेरो पारिश्रमिक सोधे । थोरै सुनेपछि उनले मलाई ‘महिनाको २० हजार तलब दिन्छु’ भनेर अफर गरे । 

धेरै कमाइने भएपछि म पनि उनले भनेको काम गर्न तयार भएँ । उनले तुरुन्त घर गई पासपोर्ट बनाएर आउन भने । म केही दिनमै पासपोर्ट बनाएर दिल्ली पुगेँ । उनले मलाई २००२ डिसेम्बर अन्तिम साता आफूसँगै दुबई ल्याए । मलाई ड्राइभरको काम गर्नुपर्ने उनले बताएका थिए । 

दुबई पुगेपछि उनले मलाई भारतीय नागरिक मनोज मुदाना र करनसिंह राजपुतको जिम्मा लगाइदिए । म उनीहरूको गाडी चलाउँथेँ । उनीहरूलाई भनेको ठाउँमा लैजानु मेरो ड्युटी थियो । उनीहरू दैनिकजसो इन्डियन क्लब जान्थे । गाडी रोकाएर मलाई बाहिरै कुराउँथे । १९ जनवरी २००३ को दिन उनीहरू सधैँझैँ क्लबभित्र छिरे । म बाहिरै गाडी कुरिरहेको थिएँ । करिब आधा घन्टामा उनीहरू हडबडिँदै आए । गाडीमा फटाफट पसे र मलाई छिटो दौडाउन इसारा गरे । हामी डेरा पुग्यौँ । उनीहरू हतारिएर सामान प्याक गर्न थाले । मलाई ‘यहाँ तिम्रो कोही छ’ भनेर सोधे । मैले छैन भनेँ । अनि उनीहरूले आफू भारत फर्कन लागेको भन्दै मलाई ‘चिनजानेको मान्छेकोमा गएर बस’ भने । 

दुबईमा कोही चिनेका थिएनन् । त्यसैले म उनीहरूसँगै जान्छु भनेँ । उनीहरू हडबडाएका, हतारिएका र अत्तालिएका थिए । उनीहरूले पक्कै कुनै बदमासी गरेको हुनुपर्छ भन्ने मलाई चिसो पस्यो । तैपनि सोध्न सकिनँ । उनीहरूले पछि आफैँ ‘हामीहरूले मान्छे मारेका छौँ, त्यसैले तिमी हामीसँग नहिँड’ भने । 

म धेरै रोएँ । कुन दशाले आएछु भनेर मनमन आफैँलाई धिक्कारेँ । तैपनि मेरो कुनै उपाय थिएन । उनीहरूलाई छाडेपछि कहाँ जाने ? त्यही भएर उनीहरूको साथ नछाड्न बाध्य भएँ ।

उनीहरूको आफ्नै क्रुज (सानो पानीजहाज) रहेछ । जनवरी २५ तारिख सारजहाँबाट त्यसमै चढेर अर्को देशतिर भाग्ने तय भयो । त्यसकै स्टाफका रूपमा मेरो पास बनाइदिए । क्रुज चढ्न त्यहाँ पुग्नासाथ प्रहरीले हामी सबैलाई पक्राउ गर्‍यो ।

प्रहरीले हिरासतमा मलाई धेरै निर्मम यातना दियो । म पनि मर्छुजस्तै लाग्यो । मैले उनीहरूले लगाएको आरोप नस्विकारेसम्म यातना दिए । बाध्य भएर मैले आरोप स्विकारेँ । त्यसपछि यातना दिएनन् । अदालतमा यातनाको कुरा भन्न मन थियो । तर, भाषाको समस्याले बताउन सकिनँ । लाँदै, हाजिर गराउँदै, फर्काउँदै गर्थे । त्यत्तिकैमा मृत्युदण्डको फैसला पो आयो ।

 (जेलमा रहेका अमर बमसँग टेलिफोनमा गरिएको कुराकानी)

ad
ad