१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण ६ शनिबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o श्रावण ६ शनिबार १५:५२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सत्तारुढ गठबन्धनलाई तोड्ने षड्यन्त्र भइरहेको छ : माधव नेपाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o श्रावण ६ शनिबार १५:५२:oo

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सत्तारुढ गठबन्धनलाई तोड्ने अनेक षड्यन्त्र भइरहेको दाबी गरेका छन्।

कांग्रेसलाई कम्युनिस्टहरूको शत्रु हो भन्ने पारेर पनि सत्तारुढ गठबन्धन फुटाउन सक्ने भएकाले त्यसप्रति सचेत रहन उनले आग्रह गरे। शनिबार काठमाडौंमा आयोजित ‘समाजवाद : बहस र संघर्ष’ विषयक कार्यक्रममा बोल्दै नेपालले यस्तो बताएका हुन्।

एमालेप्रति लक्षित गर्दै उनले कम्युनिस्ट भनिएकाहरूले पनि प्रतिगामीहरूसँग हातेमालो गरिरहेकाले त्यसलाई बुझेर आफूहरूले सत्तगठबन्धनलाई कायम राख्दै शक्ति वृद्धि गर्ने कुरामा केन्द्रित हुनुपर्ने तर्क गरे। उनले भने, ‘घुमिफिरी शत्रु भनेको कांग्रेस हो भन्ने पारेर अनि अहिलेको गठबन्धनलाई तोड्न खोज्ने अनेक षड्यन्त्र हुन सक्दछ। त्यसकारण अघि मैले भनेँ, व्यवहार सोचेजस्तो हुँदैन। सिद्धान्त सोचेजस्तो हुँदैन। नेपालको यथार्थको अहिलेको धरातलमा टेकेर जानुपर्दछ।’

अध्यक्ष नेपालले व्यक्तिवाद हाबी भएकै कारण तत्कालीन नेकपा विभाजित हुन पुगेको उल्लेख गर्दै त्यसबाट सिकेर अघि बढनुपर्ने औँल्याए। पुँजीवादले मुनाफा मात्रै हेर्ने भएकाले जनताको हितका लागि समाजवादको विकल्प नभएको उनको जिकिर छ।