१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
Invalid date format १२:४o:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

जीर्ण बन्दै कर्णाली प्राविधिक शिक्षालय

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:४o:oo

कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री वेदराज सिंहले कर्णाली प्राविधिक शिक्षालयको स्तरोनन्ति गर्ने प्रतिबद्धता जनाएका छन् । शिक्षालयको ४३औँ वार्षिक उत्सवको अवसरमा जुम्ला पुगेका मन्त्री सिंहले यस्तो प्रतिबद्धता गरेका हुन् ।

चन्दननाथ नगरपालिका– ३ घुघुत्तिस्थित कर्णाली प्राविधिक शिक्षालय प्राविधिक जनशक्ति उत्पादन गर्ने नेपालकै जेठो विद्यालय हो। यो शिक्षालय २०३७ सालमा स्थापना भएको हो। शिक्षालयको सबै भौतिक संरचनालगायतको अध्ययन अनुगमन गरेर थप स्तरबृद्धि गर्न बजेटको व्यवस्थापन गर्ने मन्त्री सिंहले विश्वास दिलाएका हुन्। 

कार्यक्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलले प्राविधिक शिक्षामा राज्यले लगानी बढाउनुपर्ने बताए। ‘कर्णाली प्राविधिक शिक्षालय र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान कर्णालीका शिक्षा क्षेत्रका धरोहर हुन्,’ उपकुलपति डा. रावलले भने, ‘यिनै क्षेत्रमा राज्यको लगानी निकै कम हुने गरेको देखिन्छ।’

जीर्ण बन्दै संरचना
यो शिक्षालयमा उत्पादन भएका दक्ष जनशक्ति स्थायी रोजगार बनेर कर्णाली प्रदेशसहित अन्य प्रदेशका विभिन्न जिल्लामा सेवा गरिरहेका छन्। तर, राज्यले उचित मर्मत सम्भार नगर्दा शिक्षालय भने नाजुक स्थितिमा पुगेको छ। ४३ वर्ष पुराना भौतिक संरचना भत्किन थालेका छन्। पानी पर्दा चुहिने भएको छ।

भौतिक संरचना जीर्ण बन्दै गएको शिक्षालयमा मन्त्रीदेखि सांसद, स्थानीय तहका प्रमुखसमेतलाई ल्याएर अनुगमन गरी बजेटको व्यवस्था गर्न आग्रह गरिएको शिक्षालयका प्रमुख टेकेन्द्र थापाले बताउँछन्। प्राविधिक तथा व्यवसायिक तालिम परिषद्बाट सम्बन्धन प्राप्त यो शिक्षालय ६५२ रोपनी क्षेत्रफलमा फैलिएको छ। कृषि, स्वास्थ्य, निर्माण  र वन विज्ञानसम्बन्धी विषय पढाइ हुने यस शिक्षालयमा हाल ६७२ विद्यार्थी अध्ययनरत छन् ।

पछिल्लो समयमा राज्यको ध्यान नपर्दा शिक्षालयको व्यवस्थापकीय पक्ष निकै कमजोर बन्दै गएको छ। भौतिक संरचना भत्कने अवस्थामा पुगेका छन्। बजेट अभावले जीर्ण भवनको मर्मत हुन सकेको छैन। ५८ वटा भवन भएको शिक्षालयका ६ वटा पुराना भवनको मर्मत गरिएको छ। ती भवनका छत, भित्ता, शौचालयदेखि अन्य भौतिक संरचनासमेत निर्माण गर्नुपर्ने भए पनि बजेट अभावले समस्या भएको शिक्षालयका प्रमुख थापाले बताए।

‘जीर्ण भवन छात्रावासका विद्यार्थी बस्ने भवन हो। त्यहाँ २५० विद्यार्थी छन्,’ उनले भने, ‘राज्यले संरचना बनाउन ध्यान दिँदैन, तर दुर्घटना भएको खण्डमा हेलिकोप्टर लिएर उद्धार गर्न आउनुको औचित्य छैन।’