१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार १६:२६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

श्रम अदालतबाट भएका महत्त्वपूर्ण फैसलाको संग्रह विमोचन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १६:२६:oo

श्रम अदालतले श्रमसम्बन्धी केही महत्त्वपूर्ण फैसलाहरूको संग्रह २०८० भाग १ प्रकाशनमा ल्याएको छ।

शुक्रबार सर्वोच्च अदालतको सभाकक्षमा प्रधानन्यायाधीश हरिकृष्ण कार्की र श्रम अदालतका न्यायाधीश वासुदेव आचार्यले सो संग्रहको  विमोचन गरे।  

पुस्तकमा ०५२ यताका केही महत्त्वपूर्ण फैसलाहरू समेटिएका छन्। अदालतका अध्यक्ष न्यायाधीश आचार्यले श्रम अदालत मुद्दा हेर्ने अधिकारीसहित ०५२ मा स्थापना भएर निरन्तर श्रमिक न्याय निरूपणमा लागेको बताए। 

उनले विगतमा भन्दा पछिल्लो समय अदालतको कार्यसम्पादन चुस्त बनेको बताउँदै  हाल फैसला लेखन शून्य अवस्थामा रहेको जानकारी दिए। उनले अदालतको  आफ्नो भवन नभएकाले भाडाको भवनबाट सेवा दिनुपरेको र पार्किङ गर्ने ठाउँ नहुँदा ट्राफिकले सवारीसाधन उठाइदिने समस्या रहेको बताए। 

प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले श्रमसँगसम्बन्धी फैसलासंग्रह प्रथमपटक प्रकाशन गरेकोमा धन्यवाद दिँदै श्रमसँग सम्बन्धित नजिरहरूलाई समेटेर पुस्तक प्रकाशन भएकाले न्यायालय र न्यायसँग सम्बन्धित व्यक्तिलाई यो पुस्तकले मार्गदर्शन प्रदान गर्ने जानकारी दिए।

ad
ad