१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ ३ बिहीबार १o:११:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

नेपाली वायुसेवा कम्पनीले जहाजभित्रै पसल सञ्चालन गर्न पाउने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १o:११:oo

नेपालका अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूले उडानका बखत वायुयानभित्र ‘अन बोर्ड ड्युटी पेड सप’ सञ्चालन गर्न पाउने भएका छन् । तालुकदार पर्यटन मन्त्रालयले जहाजमा पसल सञ्चालनका लागि सहजीकरण गर्न अनबोर्ड ड्युटी पेड स्टोर सञ्चालनसम्बन्धी कार्यविधि, २०७९ जारी गरेको हो ।

यस व्यवस्थाले वायुसेवालाई अतिरिक्त आम्दानी बढाएर थप सबल, सुदृढ र दिगो बनाउन सहयोग पुग्ने मन्त्रालयको अपेक्षा छ । राजस्व संकलन था विदेशी मुद्रा आर्जनमा समेत टेवा पुर्‍याउने उद्देश्यले जहाजभित्र पसल सञ्चालनको अनुमति प्रदान गर्न लागेको मन्त्रालयले जनाएको छ । यो कार्यविधि तुरुन्तै लागू हुने जनाइएको छ ।

अहिले नेपाल वायुसेवा निगम, हिमालय एयरलाइन्स र बुद्ध एयरले नियमित अन्तर्राष्ट्रिय उडान गर्दै आइरहेका छन् । जहाजमा पसल सञ्चालन गर्न चाहने वायुसेवा कम्पनीले पर्यटन मन्त्रालयबाट अनुमति लिनुपर्नेछ । वायुसेवा कम्पनीले खरिद गरिने सामग्रीको विक्रेता छनोट प्रक्रिया, सामग्री खरिद र गुणस्तर कायम गर्न अवलम्बन गर्ने प्रक्रिया, गोदा व्यवस्थापन तथा वायुयानसम्म ओसारपसारको प्रक्रिया, खाद्य वस्तुसमेत बिक्री गर्ने भए खाद्य सुरक्षाका लागि अवलम्बन गरिने उपाय, उपभोक्ताको हकहितको सुनिश्चितता, सुरक्षाका उपाय, बिक्रीपश्चात् भुक्तानीका उपायहरूलगायत विषय समेटेर अन्तरिम सञ्चालन कार्यविधि मन्त्रालयमा पेस गर्नुपर्ने हुन्छ । 

प्रत्येक उडानमा बिक्रीका लागि चलान गरिएका सामानहरू सिल गरी सम्बन्धित विमानस्थलले तोकिदिएबमोजिम सुरक्षा जाँच गराउनुपर्नेछ । यस्तै, पसल सञ्चालन गर्ने वायुसेवा कम्पनीले बिक्री गर्ने सामग्रीको सूची सम्बन्धित अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयबाट सेवा सञ्चालन गर्नुअघि पूर्वस्वीकृति लिनुपर्ने कार्यविधिमा उल्लेख छ । 

हरेक उडानमा बिक्रीका लागि चलान गरिने सामग्री र बिक्री गर्दा भएको आम्दानीको विवरण सम्बन्धित वायुसेवाले अद्यावधिक राख्नुपर्नेछ । प्रत्येक उडानमा बिक्रीका लागि पठाइने सामग्री तथा उडान सम्पन्न भएपश्चात् गोदाममा फिर्ता ल्याउने सामानको मौज्दातको विवरण पेस गर्ने ढाँचा तथा प्रक्रिया भन्सार कार्यालयले तोकिदिएबमोजिम हुन्छ । प्रचालित कानुनले बन्देज गरेका सामग्री बिक्री गर्न पाइने छैन ।

वायुसेवा कम्पनीले बिक्री गर्ने सामग्रीको गुणस्तर सुनिश्चित हुनुपर्ने, बिक्रीपश्चात् यात्रुलाई आधिकारिक बिल जारी गर्नुपर्ने, प्रचलित कानुनको पूर्ण पालना गर्नुपर्ने, विवरण अद्यावधिक राख्नुपर्ने, सेवा सञ्चालनको प्रगति विवरण त्रैमासिक रूपमा मन्त्रालयमा पेस गर्नुपर्ने कार्यविधिमा उल्लेख छ । यस्तै, विमानस्थल सेवाशुल्क नियमावली २०७८ को पूर्ण पालना गर्नुपर्ने, अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) सेक्युरिटी म्यानुअल, फ्लाइट अप्रेसन र क्याबिन क्रु म्यानुअल पूर्ण पालना गर्नुपर्नेछ । 
 

ad
ad