१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
Invalid date format १o:o१:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

इमेज सहकारी ठगी प्रकरण : एक सञ्चालकसहित तीनजनालाई थुनामा पठाउन अदालतको आदेश

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १o:o१:oo

जिल्ला अदालत बागलुङले इमेज बचत तथा ऋण सहकारीका एक सञ्चालकसहित तीनजनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । न्यायाधीश डा. दिवाकर भट्टको बिहीबारको इजलासले सहकारीका सञ्चालक चित्रबहादुर भण्डारी, प्रबन्धक शक्ति किसान र लेखापाल लालमती रोकालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । अदालतको आदेशसँगै प्रहरीले तीनैजनालाई थुनामा पठाएको छ । 

एक हजार ४८१ बचतकर्ताको उजुरीका आधारमा प्रहरीले एक अर्ब ३० करोड बिगो कायम गर्दै सरकारी वकिलको कार्यालयमार्फत गत साता सहकारीका संस्थापकसमेत रहेका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीसहित १० जनाविरुद्ध ठगी मुद्दा दायर गरेको थियो । १० मध्ये सातजना फरार छन् । मेयरसमेत रहेका सहकारीका अध्यक्ष नेपाली, कार्यवाहक अध्यक्ष डोरबहादुर परियार, सचिव सुनील नेपाली, कोषाध्यक्ष लक्ष्मी सेन, सदस्य झगबहादुर शाही र रूपा विक तथा बाँकी अनिल नेपाली र अनिता बुढा मगर फरार रहेकाले खोजी जारी रहेको प्रहरीले जनाएको छ । मेयर नेपाली परिवारसहित डेढ महिनादेखि फरार छन् । 

बागलुङ सदरमुकामसहित गलकोट, बुर्तीबाङ र पोखरामा पनि शाखा रहेको इमेज सहकारीले आकर्षक ब्याज दिने आश्वासनमा निक्षेप संकलन गरेर ठगी गरेको आरोप छ । संघर्ष समितिका संयोजक डिलबहादुर कार्कीका अनुसार अहिलेसम्म डेढ अर्ब ठगीको अनुमान गरिएको छ । यद्यपि, प्रहरीमा उजुरी दिएकालाई आधार मानेर अनुसन्धान गरेको प्रहरीले एक अर्ब ३० करोड बिगो कायम गरेको छ । सहकारी ७ वैशाखदेखि बन्द छ ।