१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार २o:oo:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

उत्तर प्रदेशमा ट्रान्सफर्मर पड्किँदा १५ को मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार २o:oo:oo

भारतको उत्तराखण्डमा ट्रान्सफर्मर पड्किँदा करेन्ट लागेर १५ जनाको मृत्यु भएको छ। भारतको उत्तराखण्ड राज्यमा बुधबार विद्युत् ट्रान्सफर्मर विस्फोट हुँदा एक प्रहरी अधिकारी र तीन होमगार्डसहित कम्तीमा १५ जनाको मृत्यु भएको छ। अन्य ६ जना गम्भीर घाइते भएका छन्।

उत्तराखण्डको राजधानी देहरादुनबाट करिब २६६ किलोमिटर पूर्वमा पर्ने चमोली जिल्लाको अलकनन्दा नदीमा रहेको पुलमा विद्युत् आपूर्ति गर्न आयोजनास्थलमा राखिएको ट्रान्सफर्मर विस्फोट भएको हो।

उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले घटनाप्रति दुःख व्यक्त गर्दै घटनाको छानबिन गर्न आदेश दिएका छन्। 

ad
ad