१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:३१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

विद्यार्थी युनियनलाई बन्देज गर्न सकिँदैन, आचारसंहितामा बाँध्नुपर्छ : शिक्षा मन्त्री राई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:३१:oo

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले विश्वविद्यालयबाट राजनीतिक दलका भ्रातृ संगठनहरूलाई बन्देज गर्न नसकिने बताएका छन्।

बुधबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै मन्त्री राईले यस्तो बताएका हुन्। विश्वविद्यालयबाट भ्रातृ संगठनलाई बन्देज नै लगाउने अवस्था संवैधानिक कानुनी प्रावधानले पनि नदिने भएकाले निश्चित किसिमको आचारसंहितामा बाँध्न सकिने उनको भनाइ छ।

‘कहिलेकाहीँ विद्यार्थी युनियनहरूकै बीचमा झडप हुने अवस्था बनिरहेको हुन्छ, तर त्यति हुँदाहुँदै पनि मैले थोरै निवेदन गर्नैपर्छ। भ्रातृ संगठनलाई बन्देज नै लगाउने अवस्था त हुँदैन होला, हाम्रो संवैधानिक कानुनी प्रावधानले गर्दा पनि तर उहाँहरूलाई निश्चित किसिमको आचारसंहितामा बाँध्न सकिन्छ,’ उनले भने।

विद्यार्थी युनियनले गर्न पाउने र  नपाउने कुराहरू कानुनमा नै तय गर्नुपर्ने उल्लेख गर्दै मन्त्री राईले यस्ता कार्यलाई रोक्न राजनीतिक दलहरूले पनि आफ्ना भ्रातृ संगठनलाई सचेत गराउनुपर्ने प्रस्ट पारे।