Skip This
बन्चरेडाँडामा स्थानीयको अवरोध कायमै 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण ३ बुधबार
  • Saturday, 27 July, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२o८o श्रावण ३ बुधबार १५:३५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बन्चरेडाँडामा स्थानीयको अवरोध कायमै 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o श्रावण ३ बुधबार १५:३५:oo

यसअघि भएको सहमति कार्यान्वयन नहुँदासम्म नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनीबेँसी नगरपालिकाका स्थानीयवासीले फोहाेरको अन्तिम व्यवस्थापनस्थल बन्चरेडाँडामा फोहाेर व्यवस्थापन गर्न नदिने अडान लिएका छन्। 

एक वर्षअघि काठमाडौं महानगरपालिका र प्रभावित क्षेत्रका स्थानीयवासीबीच भएको सहमति कार्यान्वयन नभएको भन्दै यही साउन १ गतेदेखि फोहाेर व्यवस्थापनमा रोक लगाइएको हो। यो अवरोध माग पूरा नहुँदासम्म जारी रहने ककनी गाउँपालिकाका प्रमुख सुमन तामाङले जानकारी दिए।  

स्थानीयवासीको अवरोधकै कारण यसअघि पनि पटकपटक रोकिएको काठमाडौं उपत्यकाको फोहाेरको अन्तिम व्यवस्थापन कार्य आर्थिक वर्ष सुरु भएसँगै पुनः रोकिएको छ।  

नुवाकोटको ककनी गाउँपालिका– ३ का वडाध्यक्ष घननाथ बजगाईंले यसअघि कामपासँग भएको सहमति पूरा नभएसम्म यस स्थानमा फोहाेर व्यवस्थापन गर्न नदिने स्पष्ट पारे। 

धुनीबेँसी नगरपालिका– १ का वडाध्यक्ष मानबहादुर तामाङका अनुसार सहमतिको एक वर्ष हुँदासम्म महानगरले स्थानीयवासीको माग पूरा गर्न चासो नदेखाएकाले सोमबारबाट फोहाेर व्यवस्थापनमा रोक लगाइएको बताए।     

यता कामपाका पूर्वाधार सल्लाहकार सुनील लम्सालले स्थानीयवासीले आसपासको तीन हजार रोपनी जग्गा अधिग्रहण गरिदिनुपर्‍याे भन्ने रहेको र कामपा एक्लैले उक्त काम गर्न नसक्ने बताए। 

विगत १५ वर्ष सिसडोलमा व्यवस्थापन हुँदै आएको उपत्यकोको फोहाेर गत भदौ ७ देखि बन्चरेडाँडामा व्यवस्थापन गर्न थालिएको हो। 

फोहाेर व्यवस्थापनमा रोक लगाएपछि फोहाेरमैला व्यवस्थापन संघले अदालतमा रिट दर्ता गरेको थियो। उक्त रिटमा सर्वोच्च अदालतले बन्चरेडाँडामा फोहाेर विसर्जन गर्न जाने टिपरसँग शुल्क उठाउने र नदिए अवरोध गर्ने स्थानीय तहको निर्णय कार्यान्वयन नगर्न सोमबार अन्तरिम आदेश दिएको थियो। 
    
अदालतको आदेशको पनि अवज्ञा गर्दै विगत तीन दिनदेखि स्थानीयवासीले फोहाेर व्यवस्थापनमा अवरोध गरिरहेका छन्। हाल काठमाडौँं उपत्यकाका १८ स्थानीय तहबाट दैनिक तीन सय गाडी फोहाेर उक्त स्थानमा लाने गरिएको छ।