१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख १७ सोमबार o९:o६:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

पदाधिकारी बैठकमा देउवाको प्रस्ताव– केन्द्रीय समिति बैठक लाइभ गरौँ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार o९:o६:oo

कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारीसँगको छलफलका क्रममा सभापति शेरबहादुर देउवाले पार्टीको  केन्द्रीय समिति बैठक प्रत्यक्ष प्रसारणको प्रस्ताव गरेका छन् । पूर्वमहामन्त्री डा. शशांक कोइरालाका अनुसार बैठकको सुरुमा नै यसबारे छलफल भएको थियो । तर, यसबारे फरकफरक धारणा रहेको उनले बताए ।

‘सुरुमा शेरबहादुरजी आफैँले बैठक लाइभ गरौँ भन्नुभयो । धेरैले लाइभ गरे पनि हुन्छ भन्नुभयो । केहीले लाइभ हुने भएपछि हृदयबाट कुरा राख्न सक्दैनन्, सहमति–असहमतिका विषय राख्न सहज हुँदैन भन्नुभयो,’ कोइरालाले भने, ‘दुवै पक्षका कुरा भए । कतिपयले गरी हेरौँ त्यसको रिपोर्टका आधारमा गर्ने–नगर्ने निर्णय गरौँला भन्नुभएको छ । सायद सुरुमा बैठक लाइभ नै हुन्छ । त्यसको प्रतिक्रियाका आधारमा के गर्ने टुंगो लाग्छ ।’

महामन्त्री विश्वप्रकाश शर्माका अनुसार बैठक प्रत्यक्ष गर्ने–नगर्नेबारे मंगलबार नै टुंगो लाग्नेछ । ‘पार्टीको छलफल बन्द रूपमा हुने र छलफलका लागि सहज हुने परम्परा छ । तर, कांग्रेसले प्रविधिलाई प्रयोग किन नगर्ने भन्ने विषयमा छलफल भयो । हुन पनि सक्छ, नहुन पनि सक्छ । मंगलबार नै टुंगो लाग्छ,’ उनले भने । 

११ महिनापछि मंगलबार (आज) कांग्रेस केन्द्रीय समिति बैठक बस्दै छ । महामन्त्री विश्वप्रकाश शर्माका अनुसार बैठकमा १० एजेन्डा रहनेछन् । राष्ट्रिय महत्वका र पार्टी जीवनका कैयौँ मुद्दामा कांग्रेसका संस्थापन र इतर समूहबीच एकरूपता छैन । बैठकको पूर्वसन्ध्यामा सोमबार सभापति शेरबहादुर देउवानिवास धुम्बाराहीमा पदाधिकारी तथा पूर्वपदाधिकारीसँग छलफलपछि एजेन्डा तय भएका हुन् ।

ad
ad