मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर २४ आइतबार
  • Sunday, 10 December, 2023
नयाँ पत्रिका काठमाडौं
२०८० श्रावण २ मंगलबार ०७:२३:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

निगमद्वारा ८३ करोड भुक्तानी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० श्रावण २ मंगलबार ०७:२३:००

नेपाल वायुसेवा निगम (नेवानि)ले अन्तर्राष्ट्रिय उडानका लागि दुईवटा न्यारोबडी र दुईवटा वाइडबडी खरिद गर्दा लिएको ऋणको ८३ करोड नौ लाख ५५ हजार रुपैयाँ किस्ता भुक्तानी गरेको छ । निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई असारको किस्ताबापत सोबराबरको रकम भुक्तानी गरेको हो । 

यसअघि ०७९ असारदेखि चैतसम्ममा दुई अर्ब ९४ करोड २८ लाख ६६ हजार किस्ता भुक्तानी गरेको निगमले जनाएको छ । पछिल्लो समय निगमको व्यापार तथा आम्दानीमा क्रमिक सुधार हुँदै गइरहेको छ । नियमित तथा आकस्मिक रूपमा हुने जहाज मर्मत–सम्भार खर्च र प्रशासनिक खर्च व्यहोरेर नगद प्रवाहमा समेत सुधार गर्दै गएको निगमको भनाइ छ ।

निगमले दुर्गम क्षेत्रमा उडान भर्ने तीनवटा साना जहाज आफ्नै आन्तरिक स्रोतबाट खरिद गर्ने प्रक्रिया अगाडि बढाएको जनाएको छ । ‘तीनवटा नयाँ जहाज खरिद गरेपश्चात् दुर्गम क्षेत्रमा अझै धेरै यात्रुलाई सेवा दिन सकिने, पर्यटन प्रवद्र्धन हुने, निगमको उपस्थितिले भाडादरमा सन्तुलन कायम हुने र निगमको सेवा प्रभावकारी हुने विश्वास छ,’ निगमले सोमबार प्रकाशित गरेको विज्ञप्तिमा उल्लेख छ ।