काठमाडाैं । प्राकृतिक विपदमा उद्धार तथा पुनर्निर्माण कार्यमा सहयोग पुर्याउने उद्देश्यले दुसान बबक्याट इङ्कले नेपाल सरकारलाई थप ५० वटा निर्माण उपकरण उपलब्ध गराएको छ।
१० भदौको भोटेकोशी बाढीको समयमा उद्धार तथा पूर्वाधार निर्माणमा दुसान बबक्याटले सरकारलाई १० करोड रुपैयाँभन्दा बढीको उपकरण सहयोग उपलब्ध गराएको थियो।
कम्पनीले पुनः बबक्याट मिनी एस्काभेटर अर्थफोर्स इ३३ चार थान, अर्थफोर्स इ१८ १३ थान, बबक्याट इ२७ तीन थान, अर्थफोर्स इ२० सात थान तथा बबक्याट स्किड स्टियर लोडर एस७० तीन थान र बबक्याट टावर लाइट पी१४० २० थान उपलब्ध गराएको हो।
यस पहलअन्तर्गत अध्यक्ष पवन कुमार गुप्ता, एफजी इन्कर्पोरेटेडका प्रबन्ध निर्देशक केदार लामिछाने तथा कम्पनीका डाइरेक्टर पारितोष गुप्ताले संयुक्त पूर्वाधार विकासमन्त्री सुनील लम्साललाई उक्त उपकरणहरू एक समारोहबिच शुक्रबार हस्तान्तरण गरेका हुन्।
यी उपकरणहरू एफजी इन्कर्पोरेटेड प्रालि नेपालका अधिकृत डिलरको सहकार्यमा परिचालनका लागि तयार गरिएको कम्पनीले जनाएको छ।