१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १३:२५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बन्चरेडाँडामा फेरि रोकियो फोहोर 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १३:२५:oo

बन्चरेडाँडाका स्थानीयले उपत्यकाबाट फोहोर बोकेर गएका ट्रक फेरि रोकेका छन्।

फोहोर बोकेर बन्चरेडाँडा गएका ट्रक बिहानदेखि आलेटारमै रोकिएको काठमाडौं महागरपालिकाअन्तर्गत ल्यान्डफिल साइट इन्चार्ज सरकारदीप श्रेष्ठले बताए।

‘आन्दोलनमा स्थानीयको नाममा जनप्रतिनिधिहरू नै हुनुहुन्छ। बिहानैदेखि फोहोरका गाडी बन्चरेडाँडा जान सकेका छैनन्,’ इन्चार्ज श्रेष्ठले भने, ‘उहाँहरूको अहिलेको समस्या महानगरसँग भन्दा पनि सहरी विकास मन्त्रालयले गत वर्ष गरेको सम्झौता कार्यान्वयन नभएकोबारे छ।’

उनका अनुसार हाल आलेटारमा ६५ वटा ट्रक लाइनमा बसेका छन्।