१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २५ मंगलबार o९:४३:oo
Read Time : < 1 मिनेट
ad
ad
Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार o९:४३:oo

सन् १९४५ : संयुक्त राज्य अमेरिकाले आजको दिन न्यु मेक्सिको अलामोगोर्डोनजिकै पहिलो आणविक बम परीक्षण गर्‍यो । अर्को महिना उसले जापानको हिरोसिमा र नागासाकीमा परमाणु बम खसालेको थियो ।

सन् १९७९ : इराकी राष्ट्रपति अहमद हसन अल बकरले राजीनामा दिए । इराकका चौथो राष्ट्रपतिले स्वास्थ्यको कारण देखाउँदै आफ्नो पदबाट राजीनामा दिएका थिए । उनले उपराष्ट्रपति सद्दाम हुसेनलाई राष्ट्रपति पदमा बढुवा गरे ।

सन् १९८१ : मलेसियामा महाथिर बिन मोहम्मदले पहिलोपटक पदभार ग्रहण गरे । मलेसियाको चौथो प्रधानमन्त्रीको रूपमा पदभार ग्रहण गरेका मोहम्मद सन् २००३ सम्म पदमा रहे । उनी मलेसियाको सबैभन्दा लामो समय सेवा गर्ने प्रधानमन्त्री र एसियाको सबैभन्दा लामो समयसम्म सेवा गर्ने राजनीतिज्ञ हुन् ।

सन् १९८५ : अमेजन डटकमद्वारा आफ्नो पहिलो पुस्तक बिक्री । इ–कमर्स वेबसाइटलाई पहिलोपटक सन् १९९५ मा जेफ बेजोसले अनलाइन बुकस्टोरको रूपमा स्थापना गरेका थिए । उक्त वेबसाइटद्वारा बेचेको पहिलो पुस्तक फ्लुइड कन्सेप्ट्स एन्ड क्रिएटिभ एनालागिज : कम्प्युटर मोडल अफ द फन्डामेन्टल मेकानिज्म अफ थट डगलस होफस्टाडटर थियो ।

ad
ad