१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ७ सोमबार
  • Monday, 20 May, 2024
२o८१ जेठ ७ सोमबार o९:o८:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

झापा इनर्जी लिमिटेडको आइपिओ आउँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ७ सोमबार o९:o८:oo

झापा इनर्जी लिमिटेडले सर्वसाधारणलाई आइपिओ निष्कासन गर्ने भएको छ । कम्पनीले ६ लाख ६६ हजार ६ सय कित्ता सेयर निष्कासन गर्न निष्कासन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरेको छ ।

शुक्रबार झापा इनर्जी लिमिटेड पिंगलास्थानमा एक कार्यक्रमबीच कम्पनीले सिभिल क्यापिटल मार्केट सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो । सम्झौतापत्रमा झापा इनर्जी लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक सुवास भट्टराई तथा सिभिल क्यापिटल मार्केट लिमिटेडका तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत शोभना घिमिरेले हस्ताक्षर गरेका छन् ।

कम्पनीले शिवसताक्षी–४, झापामा १० मेगावाटको ग्रिड जडान सौर्य ऊर्जा आयोजनाले निर्माण गरिरहेको छ । आयोजना कम्पनीको विकास गर्न २२ बिघा जग्गा खरिद गरेको जानकारी कम्पनीका वित्तीय परामर्शदाता कमल पनेरूले जानकारी दिए । आयोजनाको हालसम्म ८० प्रतिशत भौतिक कार्य प्रगति हासिल भएको छ र आयोजना असोज ०८० मा सुरु हुने अपेक्षा गरिएको छ । निर्माण अवधिको ब्याजसहित कुल परियोजना लागत ७९ करोड ९० लाख छ ।  
 

ad
ad