१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार ३० शनिबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o असार ३० शनिबार १८:o९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नयाँ पार्टीप्रति विश्वप्रकाशको कटाक्ष- खहरेबाट बिजुली निकाल्न सकिँदैन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o असार ३० शनिबार १८:o९:oo

कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले खहरेबाट बिजुली निकाल्न नसकिने भन्दै नयाँ पार्टीहरूप्रति कटाक्ष गरेका छन्।

पुराना पार्टीका दिनहरू गए भन्दै आएका नयाँ पार्टीहरूले धर्ती, देश, धर्मशास्त्र, संस्कृतिहरू सबै पुराना हुन् भनेर बिर्सन नहुने उनको सुझाव थियो।

पुराना नाता सम्बन्धहरूलाई तोडिराखेर नयाँको नाममा खहरेबाट बिजुली निकाल्न नसकिने बताउँदै उनले निरन्तर बगिरहेका नदीहरूबाट नै देशले विद्युत् उत्पादन गर्न सक्छ भन्ने कुरा नबिर्सिन नयाँ राजनीतिक दलहरूसँग आग्रह गरे।

महामन्त्री शर्माले कांग्रेस अझै बलियो, परिपक्व, संयमित र एकताबद्ध बन्नुपर्ने वेला आएको बताए। साउन २ गते बस्ने बैठकले नीति अधिवेशनको मिति घोषणा गर्ने र राष्ट्रव्यापी रूपमा अभियान घोषणा गरी पुरानो दललाई नवीन बनाउने क्रम सुरु हुने उनको भनाइ थियो।

महामन्त्री शर्माले सबैखालका चुनौतीलाई चिरेर मिटरब्याजसम्बन्धी विधेयक संसदमा ल्याउनुपर्ने औँल्याए।