१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
२o८१ बैशाख २३ आइतबार १८:५२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

४७ लाखको अवैध सुनसहित हेटौँडाबाट एकजना पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १८:५२:oo

मकवानपुर प्रहरीले बिहीबार हेटौँडाबाट करिब ४७ लाख रुपैयाँबराबरको अवैध सुनसहित एकजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका– १ का ३५ वर्षीय प्रभु साह सोनार रहेको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी टेकबहादुर कार्कीले जानकारी दिए। उनका अनुसार पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा– १५ रातोमाटे चेकपोस्टमा जाँचका क्रममा सोनारको साथबाट ४८९ ग्राम ३७ मिलिग्राम सुन बरामद गरिएको हो।

सोनार ना १ ज ७४९० नम्बरको सुमोमा काठमाडौंबाट वीरगन्जतर्फ जाँदै थिए। प्रहरीले सोनारले बोकेको झोला खानतलासीको क्रममा भन्सार छली चोरीपैठारी गरी ल्याएको सुन फेला पारेको प्रवक्ता कार्कीले बताए। उनका अनुसार बरामद सुनको बजार मूल्य ४७ लाख ३६ हजार ७५९ रुपैयाँ रहेको छ।

बरामद सुनसहित सोनारलाई आवश्यक कारबाही एवं थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारा पठाइएको प्रहरीले जनाएको छ।

ad
ad