१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
रासस काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार १७:३३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

‘दुग्ध विकास बोर्ड र कपास विकास समितिको पुनःसंरचना हुन्छ’

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १७:३३:oo

कृषि तथा पशुपक्षी विकासमन्त्री बेदुराम भुसालले राष्ट्रिय दुग्ध विकास बोर्ड र कपास विकास समितिको पुनर्संरचना गरिने बताएका छन्।

राष्ट्रिय सभाको बिहीबारको बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गतको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री भुसालले यी दुई संस्था विघटन गरे पनि यी क्षेत्रको कामलाई सरकारले निरन्तरता दिने स्पष्ट पारे।

उनले भने, ‘यी दुई संस्था विघटन गर्ने भनिए पनि सरकारले यी क्षेत्रका काम नगर्ने भन्ने होइन। दुवैको कार्यलाई अझै प्रभावकारी र उपलब्धिमूलक बनाउन पुनर्संरचना गरिनेछ।’

उनले विघटनको प्रस्ताव मन्त्रालयको नभएर डा. डिल्लीराज खनालको नेतृत्वको खर्च पुनरावलोकन आयोगको सिफारिसमा गरिएको बताए। उनले देशभर महामारीका रूपमा फैलिएको ‘लम्पी स्किन’को संक्रमण र मृत्युदर घट्ने क्रममा रहेको पनि बताए।

ad
ad