मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 15 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १५:४१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेपालको असंलग्न परराष्ट्र नीति कमजोर बन्यो : महासचिव गुरुङ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १५:४१:oo

नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङले असंलग्न परराष्ट्र नीति कमजोर बन्दै गइरहेको बताएका छन्। बिहीबार भक्तपुरमा आयोजित चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभागको नेपाल–चीन रेशमी सहकार्य, समुन्नत भविष्यका लागि सहयात्रा कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

राष्ट्र, देश र जनताको स्वार्थभन्दा पनि नेता, दलहरूको स्वार्थमा बढी केन्द्रित हुँदा असंलग्न परराष्ट्र नीति कमजोर बन्दै गइरहेको उनको तर्क छ। महासचिव गुरुङले पछिल्लो समयमा पञ्चशीलको सिद्धान्त कमजोर पर्दै गइरहेको, स्वतन्त्र परराष्ट्र नीति कमजोर बन्नुको कारण कुनै न कुनै दबाब र प्रभावमा पर्दै जाने स्थितिले असंलग्न आन्दोलनलाई अघि बढाउनुको सट्टामा पक्षधरता बन्ने ढंगको प्रवृत्ति बढ्दै गइरहेको भन्दै असन्तुष्टि जनाए।

‘हाम्रा महत्वाकांक्षा, कमीकमजोरीलाई महत्वाकांक्षाका रूपमा बढाउँदै लैजाने, पद प्रतिष्ठाका लागि बढाउँदै लैजाने, राष्ट्र, देश र जनताको स्वार्थभन्दा पनि नेता, दलहरूको स्वार्थमा बढी केन्द्रित हुने र एकले अर्कोलाई विस्थापित र निषेध गर्ने कुरा हाबी भयो। यसले नै नेपालको राष्ट्रिय अस्मिता कमजोर बन्दै गयो। त्यसैले हामीले राष्ट्रिय सहमति भनिरहेका छौँ। त्यसको विकल्प छैन,’ उनले भने।

महासचिव गुरुङले राष्ट्रिय राजनीतिमा पनि विकासको, स्थिरता, स्थायित्व, निरन्तरता अनिवार्य रहेको बताए। उनले राष्ट्रिय राजनीतिमा आन्तरिक अराजकता, एकले अर्कोलाई निषेध गर्ने राजनीति र विद्वेषपूर्ण ढंगले चल्ने खालका प्रवृत्तिहरू बढेका कारण विचारको क्षेत्रमा मतभेद देखिएको उल्लेख गरे।