Skip This
मणिपाल अस्पतालमा डाक्टर, नर्स र विद्यार्थीलाई तीनहप्ते अतिरिक्त क्रियाकलाप 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
Invalid date format ११:o२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मणिपाल अस्पतालमा डाक्टर, नर्स र विद्यार्थीलाई तीनहप्ते अतिरिक्त क्रियाकलाप 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:o२:oo

पोखराको मणिपाल कलेज अफ मेडिकल साइन्सले त्यहाँ अध्ययनरत करिब आठ सय विद्यार्थी, डाक्टर तथा नर्सलाई आगामी ६ साउनदेखि तीन हप्तासम्मका लागि अतिरिक्त क्रियाकलाप आयोजना गर्ने भएको छ ।

कलेजका निर्देशक डा. अभिषेक मास्केले चिकित्सा विज्ञानमा अध्ययन गरिरहेका तथा दैनिक बिरामी चेकजाँचमा व्यस्त रहेका डाक्टर, नर्सलाई ‘रिफ्रेस’ गराउन कलेजपरिसरकै सभाहल, फुटबल तथा बास्केटबल मैदानमा विभिन्न प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिए ।

‘डाक्टर, नर्सको दैनिकको काम र चिकित्सा विज्ञानका विद्यार्थीहरूलाई पढाइको चापबाट केही हलुका बनाउन विभिन्न सांस्कृतिक कार्यक्रम, खेलकुद, फाइन आर्टलगायतका प्रतियोगितामा सहभागी गराउन लागेका हौँ,’ डा. मास्केले भने, ‘यसबाट उनीहरूमा नयाँ ऊर्जा प्राप्त भई काम र पठनपाठनमा थप सहयोग मिल्ने अपेक्षा छ ।’

उनका अनुसार विगतमा बर्सेनि यस्ता कार्यक्रम हुँदै आए पनि कोराना भाइरसको संक्रमणका कारण सन् २०१९ देखि रोकिएको थियो । त्यसपछि भने पहिलोपटक कार्यक्रम आयोजना हुन लागेको उनले जानकारी दिए ।

पठनपाठन र अस्पतालबाट प्रवाह हुने सेवामा कुनै असर नपर्ने गरी कार्यक्रमहरू सञ्चालन हुने निर्देशक डा. मास्केले बताए । सो इभेन्टमा एमबिबिएसका विद्यार्थी, इन्टर्नसिप र नर्सिङ पढिरहेका विद्यार्थीहरूको सहभागिता रहेको कार्यक्रम आयोजनाका लागि गठित समितिका सचिव डा. राहूल गोइतले जानकारी दिए । ‘तीन वर्षपछि हुन लागेको कार्यक्रमलाई लिएर सबैजना उत्साहित छौँ,’ उनले भने ।