मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर १६ शनिबार
  • Saturday, 02 December, 2023
नयाँ पत्रिका काठमाडौं
२०८० असार २७ बुधबार १७:००:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

हिमालयन लाइफ इन्स्योरेन्सद्वारा एक करोड मृत्यु दाबी भुक्तानी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० असार २७ बुधबार १७:००:००

हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले जीवन बिमा मृत्यु दाबीबापत बिमांक एक करोड रुपैयाँ भुक्तानी गरेको छ । कम्पनीले एक कार्यक्रम आयोजना गरी मृतक बिमित देवबहादुर खत्रीकी पत्नी यमुना चालिसेलाई सो मृत्यु दाबी रकम भुक्तानी गरेको हो ।

साबिक युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा तीन वर्षअघि एक करोड रुपैयाँको जीवन बिमा गरेका देवबहादुर खत्रीको मृत्युपश्चात् सो दाबी रकम प्रदान गरिएको हो ।

कम्पनीको नयाँ बानेश्वर शाखा प्रबन्धक विमल पौडेलले मृतककी पत्नी यमुना चालिसेलाई चेक हस्तान्तरण गरे । कम्पनीबाट प्रदान गरिएको चेक ग्रहण गर्दै बिमितकी पत्नी यमुना चालिसेले समयमा नै कम्पनीले दाबी भुक्तानी गरेको उल्लेख गर्दै यसप्रकारको कार्यबाट बिमा कम्पनीप्रति आममानिसको विश्वास बढेको प्रतिक्रिया दिइन्।

आवश्यक प्रक्रिया पूरा भई बिमितहरूबाट प्राप्त भएका मृत्यु दाबीहरू छिटोछरितो रूपमा भुक्तानी गर्दै आएको कम्पनीले जनाएको छ ।