१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
तस्बिर : संजित परियार/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १८ मंगलबार १८:३o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

हेलिकोप्टर दुर्घटना : सबै शव काठमाडौं ल्याइयो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १८:३o:oo

मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका सबैको शव काठमाडौं ल्याइएको छ। अल्टिट्युड एयरको हेलिकोप्टरमार्फत शव काठमाडौं ल्याइएको हो।

पोस्टमार्टमका लागि शव महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल लगिएको छ। पाइलटसहित ६ जना सवार हेलिकोप्टरका पाँच यात्रु मेक्सिकन नागरिक हुन्।

सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको हेलिकोप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिका– ५ स्थित लाम्जुरापास क्षेत्रमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो। सोलुखुम्बुको सुर्केबाट बिहान ९ः५२ बजे काठमाडौं उडेको कल साइन ९ एनए–एमभी हेलिकोप्टर बिहान १०ः१ बजे सम्पर्कविहीन भएको थियो।

 

ad
ad