१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ ३ बिहीबार o८:५८:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

६ सय ४६ आरोही सगरमाथा चुचुरोमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार o८:५८:oo

वसन्तकालीन सिजनमा नौ सय ८३ आरोहीले १० वटा हिमाल आरोहण गरे 

यस वर्षको वसन्तकालीन सिजनमा पथप्रदर्शक (गाइड)सहित ६ सय ४४ आरोहीले सर्वोच्च शिखर सगरमाथाको शिखर चुमेका छन् । चुचुरोमा पुग्नेहरू १३ नेपालीसहित दुई सय ८७ आरोही र तीन सय ५९ पथप्रदर्शक रहेको पर्यटन विभागले जनाएको छ । 

एउटै सिजनमा यति धेरै आरोहीहरू सगरमाथा चुचुरोमा पुगेको इतिहासमै पहिलोपटक हो । २९ मे १९५३ मा तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारीले पहिलोपटक सगरमाथाको आरोहण गरेका थिए । सगरमाथा आरोहण गर्ने कुल आरोहीमध्येमा महिलाको संख्या ६१ रहेको छ । आरोहीलाई चुचुरोसम्म पुर्‍याउने तीन सय ५९ पथप्रदर्शक सबै पुरुष रहेका छन् । छिटपुट रूपमा केही गाइडहरू सम्पर्कमा नआएर सूचीमा छुटेको पनि हुन सक्ने विभागको भनाइ छ ।

यस सिजनका लागि तीन सय ७६ देशका चार सय ७८ जनाले सगरमाथा आरोहणका लागि अनुमति लिएका थिए । यसअघि सन् २०१३ मा शरद् र वसन्त सिजनमा दुई सय ४२ आरोही र तीन सय ३६ गाइड गरी चार सय ६१ जना सगरमाथा चुचुरोमा पुगेका थिए । सन् २०१८ मा दुई सय ६२ आरोही र दुई सय ९८ गाइड गरी पाँच सय ६०, सन् २०१९ मा दुई सय ८० आरोही र तीन सय ६४ गाइड गरी ६ सय ४४ जनाले शिखर चुमेका थिए ।

भूकम्पका कारण सन् २०१५ र कोभिड महामारीका कारण सन् २०२० मा सगरमाथा आरोहण नै खुलेन । सन् २०२१ मा एक सय ८३ आरोही र दुई सय ७६ गाइड गरी चार सय ५९ ले सगरमाथा शिखरमा पुगेका थिए ।

१० हिमालको चुचुरोमा नौ सय ८३ पुगे
यस वर्षको वसन्तकालीन सिजनमा सगरमाथासहित विभिन्न १० वटा हिमालको सफल आरोहण भएको छ । १० हिमालको शिखर चुम्नेमा १३ महिलासहित चार सय ७० (आरोही र गाइड) जना रहेका छन् । कुल आरोहीमध्येमा आरोहीको संख्या चार सय ७० र गाइडको संख्या पाँच सय १३ रहेको छ । हिमाल आरोहण गर्नेमा अधिकांश विदेशी (गाइडबाहेक) नागरिक रहेका छन् ।

कञ्चनजंघामा आरोहीलाई शिखर पुर्‍याउनेमा एकजना महिला पथप्रदर्शक रहेको विभागले जनाएको छ । वसन्त सिजनमा लोत्से हिमालमा ५२ आरोही पुगेका छन् । मकालुमा आरोही र गाइड गरी ७२, कञ्चनजंघामा २९, धौलागिरिमा २१, आमादब्लममा ४४, अन्नपूर्ण फस्ट ७५, हिमलुङ ४१, मनास्लु १ र पुमोरी हिमाल दुईजनाले आरोहण गरेका छन् । 

ad
ad