१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ५ शनिबार o७:o५:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

रूपान्तरण अभियानको सुझाव केन्द्रीय बैठकको एजेन्डा बनाउन कांग्रेसमा दबाब

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार o७:o५:oo

कांग्रेस रूपान्तरण अभियानले देशभरबाट आएका सुझावलाई केन्द्रीय समिति बैठकको एजेन्डा बनाउने प्रयत्न अघि बढाएको छ । २७ असारबाट सुरु हुने बैठकका लागि एजेन्डा बनाउने प्रयास भइरहेको नेताहरूको भनाइ छ ।

कांग्रेस केन्द्रीय सदस्य मधु आचार्यले अभियान कुनै व्यक्तिविरुद्धको नभएको बताए । सोमबार गौशालामा युवाहरूसँगको अन्तत्र्रिmयामा उनले पार्टीलाई पद्धतिमा बसाउने अभियान चलाइएको दाबी गरे । अभियानका सुझावलाई केन्द्रीय समिति बैठकमा उठाइने उनको भनाइ थियो । नेता जगदीश्वरनरसिंह केसीले अभियान गुट विशेषको नभएको बताए । अभियानबाट आएका सुझावलाई पार्टीलाई आएको सुझावका रूपमा ग्रहण गर्नुपर्ने उनले जिकिर गरे । अभियानकै असरस्वरूप २७ असारमा केन्द्रीय समिति बैठक बोलाइएको उनको दाबी थियो । ‘यही अवस्थाले कांग्रेस रूपान्तरण हुन सक्दैन । अभियानमार्फत हामीले कांग्रेसलाई बिपीको बाटोमा लैजान चाहेका हौँ । रूपान्तरण अभियान कुनै गुुटको होइन, समग्र पार्टीको हो । हामीले वडा तहसम्मका नेता कार्यकर्ताको सुझाव लिएर आएका छौँ,’ केसीले भने ।

पूर्वकेन्द्रीय सदस्य गुरुराज घिमिरेले अभियानमा इतर समूहको अनुहार बढी देखिए पनि त्यसलाई गुटविशेषको रूपमा नलिन आग्रह गरे । उनले कांग्रेसमा सुधार सबैको साझा एजेन्डा भएको जिकिर गरे । युवा नेता भूपेन्द्रजंग शाहीका अनुसार मंगलबार अभियानका सुझाव सभापति शेरबहादुर देउवालाई बुझाउने तयारी छ । साथै, इतर समूहमा केन्द्रीय समितिमा उठाउने तयारी गरिरहेको छ । ‘मंगलबार सभापतिज्यूलाई सुझाव बुझाउन लागिएको छ । इतर समूहमा पनि छलफल भइरहेको छ । सुझावलाई बैठकको एजेन्डा बनाउने प्रयत्नमा लागिरहेका छौँ,’ शाहीले भने । 

अभियानले केन्द्रीय समिति बैठकमा दबाब बढाउन र दोस्रो चरणको तयारीका लागि ‘रूपान्तरण संवाद’ थालेको छ । अभियानले पहिलो चरणमा ७७ वटै जिल्लाबाट आएका सुझाव समेटेर शनिबारबाट चरणबद्ध संवाद गरिरहेको छ । यसक्रममा शनिबार प्राध्यापकहरूसँग, आइतबार महिला नेतृहरूसँग र सोमबार युवाहरूसँग अन्तत्र्रिmया गरेको छ । मंगलबार विद्यार्थीहरूसँग अन्तत्र्रिmया गर्दै छ । २७ असारमा केन्द्रीय समिति बैठकमा सुझावलाई छलफलमा लैजाने नेताहरू गृहकार्यमा छन् । केन्द्रीय समिति बैठकका आधारमा थप कार्यक्रम तय गर्ने इतर समूहको रणनीति छ । 

ad
ad