१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
Invalid date format २o:१६:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

उत्तर भारतमा बाढीपहिरोले २९ जनाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २o:१६:oo

उत्तरी भारतमा भीषण वर्षासँगै आएको बाढी पहिरामा परी कम्तीमा २९ जनाको ज्यान गएका छन्। कैयौँ घाइते भएका छन्। 

बाढीपहिराका कारण पुलपुलेसा भत्किएका छन्, सडक अवरुद्ध भएका कारण धेरै क्षेत्रहरू अगम्य बनेका सरकारी अधिकारीहरूले बताएका छन्। 

टेलिभिजन फुटेजमा सबैभन्दा बढी प्रभावित क्षेत्र हिमाचल प्रदेशको पहाडी भेगमा मुसलधारे वर्षाका कारण आएको बाढी र पहिरो, सवारीसाधन बगाएको, भवन र पुलहरू भत्काएको देखाइएको थियो।

‘विगत दुई दिनमा, हिमाञ्चल प्रदेशमा मनसुनको वर्षाका कारण मृत्यु हुनेको संख्या २० पुगेको छ,’ राज्यको प्रकोप व्यवस्थापन प्रमुख ओमकार शर्माले भनेका छन्। राजस्थान, उत्तर प्रदेश, उत्तराखण्ड र कस्मिरका हिमाली क्षेत्रहरूमा थप नौजनाले ज्यान गुमाएका छन्। 

सरकारी अधिकारीहरूका अनुसार हिमाञ्चल प्रदेशको लाहौल–स्पिती र कुल्लुका क्षेत्रहरूमा पर्यटकसहित करिब तीन सयजनालाई उद्धार गर्न हेलिकोप्टर पठाउने प्रयास भइरहेको छ। प्रतिकूल मौसमका कारण उडान गर्न सकिएको छैन।

यसैबीच, एएनआईका अनुसार पन्जाब, उत्तराखण्ड र हिमाञ्चल प्रदेशका बाढीपीडितलाई सघाउन राष्ट्रिय आपद् प्रतिकार्य बल (एनडिआरएफ) ११ टोली तैनाथ गरिएका छन्। लगातार तेस्रो दिनको वर्षाले यी राज्यमा उद्धार तथा राहतका काम सहजतापूर्वक सञ्चालन गर्न सकिएको छैन। तर, एनडिआरएफका कर्मचारीले हरसम्भव काम गरिरहेका छन्।

वर्षाका बीच र राति पनि उद्धारलाई जारी राखिएको, पीडितहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी राज्य प्रशासनका उच्च अधिकारीहरूको प्रत्यक्ष निगरानीमा राहत सामग्री प्रदान गरिएको छ। अलपत्र परेका मानिसहरूलाई पनि एनडिआरएफका जवानले उद्धार गरिरहेका छन्। (रासस)