१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
तस्बिर : अमुल थापा/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १८:२९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सरकार भ्रष्टाचारको जरोसम्मै पुग्छ : प्रधानमन्त्री

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १८:२९:oo

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार भ्रष्टाचारको जरैसम्म पुग्ने दृढता व्यक्त गरेका छन्। प्रतिनिधिसभाको आजको बैठकमा धारणा राख्दै प्रधानमन्त्रीले सुशासनका निम्ति सरकार साहसिक रूपमा अघि बढेको बताए। 

‘देश निकै निराशा, निकै अन्योल, निकै अस्थिरता र अराजतकतर्फ जाने हो कि भन्ने वेलामा विस्तारै सुशासनका निम्ति, जनताका कामहरूमा सेवामा सहजता ल्याउनका निम्ति सरकार अघि बढिरहेको छ,’ उनले भने, ‘इतिहासमा थाती रहेका थुप्रै मुद्दा निरूपणका निम्ति सरकार दृढताका साथ साहसिक रूपमा अघि बढेको छ, बढ्छ, जरोसम्मै पुग्छ, ढुक्क भए हुन्छ।’ 

उनले भ्रष्टाचार अन्त्य र सुशासन बहालीको अभियानमा संसद्का सबै दलको साथ सरकारलाई चाहिएको बताए। उनले लोकतन्त्रको सर्भिसिङ र शुद्धीकरणका निम्ति दृढ प्रतिज्ञामा रहेको पटक-पटक दोहोर्‍याए।

ad
ad