१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 02 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:५८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

चर्चित भ्रष्टाचार काण्डका फाइलको विवरण लेखा समितिमा पेस गर्न निर्देशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:५८:oo

नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सार्वजनिक लेखा समितिलाई चर्चित भ्रष्टाचार काण्डका फाइलहरूको सम्बन्धमा विस्तृत विवरण दिन निर्देशन दिएका छन्।

आइतबार सिंहदरबारमा बसेको समितिको बैठकमा बोल्दै समितिका ज्येष्ठ सदस्य सभापति केसीले आगामी बैठक बस्नुअगावै समिति सचिवालयले चर्चित भ्रष्टाचार काण्डका फाइलहरूको सम्बन्धमा विस्तृत विवरण समितिका सदस्यहरूलाई दिनुपर्ने बताएका हुन्। विगतका समितिले गरेको निर्णयलाई उल्ट्याउने नभई जानकारीका लागि पनि समितिले उक्त फाइलहरू उपलब्ध गराउन आवश्यक रहेको केसीले प्रस्ट पारे।

‘निर्णयलाई उल्ट्याउँछौँ भनेको होइन, त्यो भ्रम परिसकेको छ। त्यो निर्णय भएको कुरा नयाँ उजुरी कहीँबाट आए हेर्न सक्छ समितिले। एकपटक टुंगिसकेको कुरा केही हुँदैन। तर, जुन निर्णय भयो, त्यसलाई थन्क्याइएको छ भने सरकारले थन्क्याएको भए सरकार र कुनै संवैधानिक संस्थाले गरेको छ भने संवैधानिक संस्थाले थन्क्यायो। यो संसद्को समितिलाई अपमान गर्ने अधिकार कुनै संस्थालाई छैन। निर्णय नगरी थन्क्याउने कुरा गम्भीर कुरा हो,’ उनले भने।