१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार २३ शनिबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका हेटाैंडा
२o८o असार २३ शनिबार o८:१२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

मकवानपुरमा सवारी दुर्घटनामा तीनजनाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, हेटाैंडा
नयाँ पत्रिका
२o८o असार २३ शनिबार o८:१२:oo

मकवानपुरमा सवारी दुर्घटनामा तीनजनाको मृत्यु भएको छ। आज बिहान पौने २ बजे मनहरी गाउँपालिका–६ नयाँबस्ती डिपाट गाउँस्थित पूर्व-पश्चिम सडकखण्डमा हेटौँडाबाट चितवनतर्फ जाँदै गरेको ना६ख ६६६७ नंको ट्रक र विपरीत दिशातर्फबाट आउँदै गरेको ना६ख ६३१ नंको ट्रक एकापसमा ठक्कर खाई दुर्घटना हुँदा दुवै ट्रकमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले बताए । 

दुर्घटनामा तीनजनाको ज्यान गएको कार्कीले बताए। मृत्यु हुनेमा ना६ख ६६६७ नंको ट्रकचालक जिल्ला चितवन राप्ति नपा ८ बस्ने वर्ष २८ को रिहान रुम्बा तामाङ, सहचालक जिल्ला गोरखा गण्डकी गापा २ गोर्दीटार बस्ने वर्ष २१ को सुमन चेपाङ र ना६ख ६३१ नंको ट्रक सहचालक जिल्ला मकवानपुर मनहरी गापा ३ बस्ने वर्ष २० को अमृत प्रजा रहेको कार्कीले बताए।  

आगलागी भएको सवारी निभाउन हेटौँडाबाट दुईवटा दमकल आई आगो निभाए पनि सवारी पूर्ण क्षति भएको प्रहरीले जनाएको छ। दुर्घटनामा दुईजना घाइते भएको प्रहरीले जनाएको छ। घाइते हुनेमा ना६ख ६६६७ नंको ट्रकमा सवार जिल्ला चितवन राप्ति नपा ३ बस्ने वर्ष ३५ को विवेक तामाङ र ना६ख ६३१ नंको ट्रकचालक जिल्ला मकवानपुर मनहरी गापा ३ बस्ने वर्ष ३२ को अर्जुनकुमार प्रजा रहेको बताइएको छ।