१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
रामकृष्ण थापा सिन्धुपाल्चोक
Invalid date format १७:५५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

इन्द्रावती नदीमा हालियो बेलिब्रिज

Read Time : < 1 मिनेट
रामकृष्ण थापा, सिन्धुपाल्चोक
नयाँ पत्रिका
Invalid date format १७:५५:oo

मेलम्ची खोलाको बाढीले बगाएको इन्द्रावती नदीमा नेपाली  सेनाले बेलिब्रिज हालिदिएको छ। 

मेलम्ची नगरपालिका, पाँचपोखरी थांपाल र इन्द्रावती गाउँपालिकाको लाइफलाइनको रूपमा रहेको यो पुल हालेपछि हजारौँ स्थानीय लाभान्वित भएका छन्। 

नेपाली सेनाले १५ दिन लगाएर जडान गरेको उक्त बेलिब्रिजको शुक्रबार स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत र नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले संयुक्त रूपमा उद्घाटन गरेका छन्। 

इन्द्रावती नदीमा हालिएको सो पुलको नाम मेटाएर प्यानल ब्रिज (एमपिबी) राखिएकाे छ। जसको लम्बाइ ६७.७० मिटर र चौडाइ ४.२ मिटर छ। 

यो ट्रिपल सिंगल रिइन्फोर्स टिएसआर– ३ मोडेलको हो। यो पुलको भारवहन क्षमता १८ टन छ। मेलम्ची– ११ मा निर्माण भएको यो बेलिब्रिजले सर्वसाधारणलाई  सदरमुकाम चौतारा पुग्न सहज बनाएको छ। 

पुल निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेको स्थानीय सरकारलाई जानकारी नदिई उद्घाटन कार्यक्रममा मेलम्ची नगरका प्रमुख आइतमान तामाङ र हेलम्बु गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पा सहभागी भएनन्।