१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o८:२७:oo
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

कल तथा एसएमएस बाइपास अपराध : ठूलो परिमाणमा सिमकार्ड बेच्ने आठजना पक्राउ 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o८:२७:oo

नियम मिचेर एकै व्यक्तिलाई सयौँ सिमकार्ड बिक्री गर्ने आठजनालाई प्रहरीले पक्राउ गरेको छ । त्यस्ता सिमकार्ड कल/एसएमएस बाइपासलगायत अपराधमा प्रयोग भएको पाइएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बिक्री गर्नेलाई पक्राउ गरेको हो । 

गत २३ जेठमा सिआइबीले कल तथा एसएमएस बाइपासमा संलग्न चिनियाँ नागरिक जाओ जियाङपेङ र उनका कर्मचारी गणेश श्रेष्ठलाई पक्राउ गरेको थियो । उनीहरूमाथि अनुसन्धान गर्ने क्रममा थप ११ जना पक्राउ परेको सिआइबीका प्रवक्ता एसपी सञ्जयसिंह थापाले जानकारी दिए । जसमध्ये धेरैजसो सिम बिक्री तथा दुरुपयोगमा संलग्न छन् । 

पक्राउ पर्नेमा सोलुखुम्बु घर भई काठमाडौं कपन बस्ने रमन कार्की, गोरखा घर भई डल्लु बस्ने अर्जुनकुमार श्रेष्ठ, काभ्रे बनेपाका निलेश श्रेष्ठ, सिन्धुलीका अनिश कार्की, सिन्धुपाल्चोकका गोपाल श्रेष्ठ, सिन्धुलीका रेशम श्रेष्ठ, विशाल थापामगर र मुकुन्द सापकोटा छन् । 

यो घटनामा ली जेन र यु लान नाम गरेका थप दुई चिनियाँसमेत पक्राउ परेका छन् । लामो समयदेखि नेपालमा बस्दै आएका उनीहरूले अन्य नेपालीसँग लिएर बाइपास गिरोहका नाइकेलाई सिम उपलब्ध गराउँदै आएका थिए । 

प्रहरीले सो गिरोहबाट दुई हजार चार सय तीनवटा प्रयोग भएका र एक हजार तीन सय ९३ सिम बरामद गरेको थियो । एक व्यक्तिलाई दुईभन्दा धेरै सिम बेच्न नपाउनेमा कतिपय पसलेले धेरै बिक्री गरेकाले उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । सिमकै दुरुपयोगका कारण कतिपय गम्भीर अपराध हुने भएकाले नियमविपरीत सिम बेच्नेमाथि पनि कारबाही थालिएको सिआइबीकी निर्देशक एआइजी किरण बज्राचार्य बताउँछिन् । 

दाजुभाइ नै पक्राउ
प्रहरी अनुसन्धानमा लेखेअनुसार ठमेलमा होटेल चलाउन सिन्धुपाल्चोक त्रिपुरासुन्दरी घर भएका गोपाल श्रेष्ठले चिनियाँ नागरिक जाओलाई भिओआइपीको अपराधमा सहयोग गरेका थिए । भिजिट भिसामा बस्नै आएका चिनियाँले गोपालकै भाइ गणेशलाई कामदारका रूपमा राखेर नेपालमा भिओओपीको अपराध गर्दै आएका थिए । दुवै दाजुभाइलाई सिआइबीले पक्राउ गरिसकेको छ । 

विगतमा कल बाइपास धेरै हुनेमा उनले भने एसएमएस बाइपास धेरै गर्दै आएका थिए । खासगरी मोबाइलमा आउने ओटिपीका लागि उनीहरूले बाइपास गर्दै आएका थिए । कलमा भन्दा एसएमएसमा धेरै नाफा हुने भएकाले यसमा लागेका अनुसन्धानमा आबद्ध प्रहरी अधिकारी बताउँछन् । पक्राउ परेका १३ जनाविरुद्ध जिल्ला अदालत ललितपुरमा मुद्दा दायर गरेको सिआइबीका एसपी थापाले बताए ।