१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
गणेश लम्साल विराटनगर
२o८१ जेठ ३ बिहीबार १७:३३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

कोसीको मुख्यमन्त्रीमा कांग्रेसका उद्धव थापा नियुक्त

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १७:३३:oo

कोसी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता उद्धव थापा नियुक्त भएका छन्।

थापाले प्रदेश सभाका ४७ सदस्यको समर्थन आफूलाई रहेको भन्दै बिहीबार साँझ प्रदेश प्रमुख परशुराम खापुङसमक्ष दाबी पेस गरेका थिए। प्रदेश प्रमुखले थापालाई संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। 

प्रदेश सभामा उनलाई कांग्रेसका २९, माओवादी केन्द्रका १२, नेकपा एकीकृत समाजवादीका ४ जना, जनता समाजवादी पार्टीका एकजना र सभामुख बाबुराम गौतमको समर्थन छ। 

यसअघि नेकपा एमालेले भने सभामुख गौतमसहितको हस्ताक्षर आफूहरूलाई मान्य नहुने भन्दै प्रदेश प्रमुखलाई भेटेर आपत्ति जनाएका छन्। उनीहरूले सभामुखसहितको हस्ताक्षर बदर गराउन अदालत जाने चेतावनी दिएका छन्। 

 


 

ad
ad