१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 02 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format ११:४४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

घरेलु बालश्रमिकका रूपमा यातना दिई राखिएका दुई बालकको उद्धार 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format ११:४४:oo

घरेलु बालश्रमिकका रूपमा यातना दिई राखिएका आठ र १० वर्षीय बालकको उद्धार गरिएको छ। यही १७ असारका दिन सिनामंगलस्थित दुई घरबाट कानुनविपरीत घरेलु बालश्रमिकका रूपमा राखिएका दुई बालकको उद्धार गरी अस्थायी संरक्षण गृहमा राखिएको हो। 

ती बालकलाई  कुटपिट, गालीगलौज तथा अत्यधिक काममा लगाई चरम यातना दिएको भन्ने खबरका आधारमा काठमाडौं महानगरपालिकाको सामाजिक विकास विभागमार्फत बागमती श्रम कार्यालय, राष्ट्रिय बाल अधिकार परिषद्, बालबालिका खोजतलास तथा समन्वय केन्द्रसँग समन्वय गरी आइतबार साँझ उद्धार गरिएको हो।

कक्षा १ मा पढ्ने १० वर्षीय बालकलाई घरका मालिकले घरभन्दा अलग्गै रहेको जस्ताको छाना भएको स्टोर कोठामा सुताउने गरेको, बिहान ४ बजेदेखि नै घरको सरसफाइ, लुगा धुने, भाँडा माझ्नेजस्ता कार्यमा लगाउने गरेको र विभिन्न बहानामा चरम याताना दिने गरेको पाइएको छ।

काठमाडौं महानगरले १८ वर्षभन्दा मुनिका बालबालिकालाई  बालश्रममा नराख्न र अस्थायी सरंक्षणकर्ताका रूपमा महानगरमा सूचीकृत गर्न यसअघि नै सूचना प्रकाशित गरेको थियो। 

अब ती बालकको पारिवारिक तथा व्यक्तिगत अवस्था सम्मिलित प्रतिवेदन तयार पारी उनीहरूको शिक्षा, स्वास्थ्य, पालनपोषणको उचित प्रबन्ध हुने गरी पारिवारिक पुनर्स्थापनाको प्याकेजसहित परिवारमा पुनर्मिलन गराउने वा परिवारमा ती बालकको संरक्षण नहुने अवस्थामा वैकल्पिक स्याहारको व्यवस्थाका लागि प्रबन्ध मिलाइने महानगरले जनाएको छ। 

महानगरका अनुसार ती बालकलाई शोषण गर्ने घरमालिकलाई बालश्रम नियमित तथा निषेध ऐनबमोझिम कारबाही गरिनेछ।