Skip This
मिटरब्याजपीडितलाई गृहमन्त्रीको सान्त्वना, निराश नहुन अपिल
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
तस्बिर : नयाँ पत्रिका अर्काइभ ।
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २६ बुधबार २२:२८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

मिटरब्याजपीडितलाई गृहमन्त्रीको सान्त्वना, निराश नहुन अपिल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार २२:२८:oo

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याजपीडितहरूलाई निराश नहुन र सक्रियताका साथ मुक्ति अभियानमा निरन्तर लागरहन अपिल गरेका छन् । 

आजको प्रतिनिधिसभा बैठकमा प्रतिपक्षी दलहरूको अवरोधले मिटरब्याजसम्बन्धी अध्यादेश निष्क्रिय हुन पुगेपछि गृहमन्त्री श्रेष्ठले निराश नहुन पीडितहरूलाई अपिल गरेका हुन् । 

उनले पीडितहरूबाट उजुरी लिन र छानबिन गर्न गठन गरिएको आयोगले काम जारी राख्ने स्पष्ट पारेका छन् । 

‘आयोगले काम जारी राख्नेछ । प्रजिअ कार्यालयमा सहजिकरण समितिको काम  निरन्तर अघि बढ्नेछ । विधेयक संसद्को प्रक्रियामा छ, अघि बढाइनेछ र कानुन  बनाइछाडिनेछ,’ सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, ‘तसर्थ पीडितहरूलाई निरास नहुन र सक्रियताका साथ यो मुक्ति अभियानमा  निरन्तर लागिरहन अपिल गर्दछु । न्याय र विजय सुनिश्चित छ ।’

पछिल्लो धारणा आउनुअघि पनि उनले सामाजिक सञ्जालमार्फत् आज प्रतिनिधिसभामा भएको अवरोधले मर्माहत भएको उल्लेख गरेका थिए । ‘धेरै समयपछि आज पुनः सामाजिक सञ्जालमा आएको छु,’ उनले भनेका थिए, ‘आज म धेरै आहात भएको छु ।आज प्रतिनिधिसभाबाट मिटरब्याजसम्बन्धी विधेयक पारित हुनुपथ्र्यो  ।तर गरिएन । आजैदेखि यससम्बन्धमा जारी गरिएको अध्यादेश निष्क्रिय भएको छ । यसबाट को पीडित जनताको पक्षमा छ र को विपक्षमा छ भन्ने स्पष्ट भएको छ ।’

उनले सामन्ती शोषणको अवशेष अन्त्य गरिछाड्ने प्रतिबद्धता जनाएका छन् । ‘तर सामन्ती शोषणको यो अवशेषलाई हरहालतमा अन्त्य गरिनेछ । पीडितलाई न्याय दिने यो अभियानलाई असफल पारियो भनेर पीडक वा तीनका पक्षधरहरूले सोचेका छन्  भने त्यो ठूलो भ्रम हो । पीडितलाई न्याय नदिलाई बिश्राम लिइनेछैन ।’

ad
ad