१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार २० बुधबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८o असार २० बुधबार १७:४२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एक लाख २५ हजार घुससहित लेखापाल र कार्यालय सहयोगी रंगेहात पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o असार २० बुधबार १७:४२:oo

एक लाख २५ हजार रुपैयाँ घुससहित लेखापाल र कार्यालय सहयोगी रंगेहात पक्राउ परेका छन्। 

महोत्तरी सम्सी गाउँपालिकाका लेखापाल रउसनकुमार राउत र कार्यालय सहयोगी घरिन यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयबाट खटिएको टोलीले बुधबार घुससहित रंगेहात पक्राउ गरेको हो। 

कोभिड १९ सम्बन्धी जनचेतनामूलक कार्यक्रमको भुक्तानी गर्ने क्रममा उनीहरूले घुस लिएको अख्तियारले जनाएको छ। घुससहित कार्यकक्षबाट पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।